गैँडाकोट । गैँडाकोटको बिजय चोकमा बोलेरोले पैदल यात्रुलाई ठक्कर दिँदा एकजना घाइते भएका छन् ।
आज साँझा ना ४ च ९६३१ नम्बरको बोलेरोले पैदल यात्रुलाई ठ्क्कर दिँदा गैँडाकोट ५ का २६ बर्षका संगिता ढकाल घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते ढकाललाइ उपचारकालागी अस्पताल लगिएको छ ।
बोलेरोका चालक र सहचालक दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् । चालक र सहचालक दुवैले मादक पदार्थ सेवन गरी बोलेरो चलाएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।