वीरगञ्ज, साउन ७-
वीरगञ्जमा ४ वर्षीया बालिकका मृत भेटिएकी छिन् । विगत दुई दिनदेखि हराईरहेकी वीरगञ्ज(२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो ।
सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । आज बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यस्तै हाल शव प्रहरीले पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएको छ । बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।



