साउन ७ गते । श्रीमानको कुटाइबाट ताप्लेजुङमा श्रीमतीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको ५६ वर्षका बलबहादुर साँवाले आफ्नी ५४ वर्षकी श्रीमती कान्छिमायाँको कुटपीट गरी शुक्रबार हत्या गरेका हुन् ।
उनलाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घरयासी विवादका कारण श्रीमानले कुटपीट गर्दा कान्छिमायाँको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।



