साउन ५, मेलबर्न अष्ट्रेलिया । सिड्नीमा १९ वर्षीय किशोरको शव फेला परेको छ। माउन्ट अन्नन् बोटानिकल गार्डेनको ड्यामबाट प्रहरीले १९ वर्षीय किशोरको शव निकालेको हो।
बिहीबार दिउँसो १ः ४० बजे प्रहरीले ती किशोरको शव फेला पारेको बताइएको छ। उक्त शव राहुल सिंहको भएको प्रहरीले पुष्टि गरेको छ। उनी ४ दिनअघि त्यहाँ गएको बताइएको छ।
गत आइतबार राहुल माउन्ट अन्नन्को अल्कोर्निया क्रेसेन्टमा बिहान ६ बजेको समयमा देखा परेका थिए। सिसिटिभीमा कैद भएको दृश्य अनुसार राहुल आइतबार बिहान ७ बजे गार्डेनमा पश्चिमी गेटबाट प्रवेश गरेका थिए।
प्रहरीले आइतबार नै उनको खोजी गरेको थियो। उनका परिवार र इष्टमित्रहरू पनि उनको खोजीमा जुटेका थिए। मृत राहुल मानसिक रूपमा अस्वस्थ भएको पनि पत्ता लागेको छ।
प्रारम्भिक अनुसन्धानबाट उनको मृत्यु शंकास्पद नभएको प्रहरीले बताएको छ। तथापि, यस घटनाको बारेमा रिपोर्ट सार्वजनिक गर्ने तयारीमा प्रहरी जुटेको छ।
Source mntvonline