• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

जुर्यो अचम्म लाग्दो संयोग, बाबुछोरा एकै दिन डीएसपीमा बढुवा !

काठमाडौँ – नेपाल प्रहरीका ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्यो। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भए।

सिफारिस भएकामध्ये ३४ जना जनपदतर्फ र ३ जना प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप समूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फका हुन्।

बढुवा सिफारिस सूचीको ३१ औँ नम्बरमा राजेन्द्र अधिकारी छन्। हाल उनी जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत छन्। यता प्राविधिक समूहतर्फ पहिलो नम्बरमा ध्रुव अधिकारी सिफारिस भए। राजेन्द्र र ध्रुव बाबुछोरा हुन्। ध्रुव राजेन्द्रका कान्छा छोरा हुन्।

बुबासँग एकै दिन डीएसपीमा बढुवा सिफारिस भएका ध्रुव राजेन्द्रभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भएका हुन्। राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए। ध्रुव २०७५ मा प्रहरी निरीक्षकमा भर्ना भए। २४ वर्षको अन्तरमा प्रहरी सेवामा प्रवेश गरेका बाबुछोरा एकसाथ डीएसपी हुने संयोग मिल्यो।

असईमा भर्ना भएका राजेन्द्र २०५७ सालमा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भए। छोरो भर्ना भएको पदमा पुग्नै उनलाई अर्को १० वर्ष लाग्यो।

२०६७ सालमा राजेन्द्र इन्सपेक्टर भएका हुन्। प्रहरी सेवामा प्रवेश गरेको १६ वर्षपछि राजेन्द्र इन्सपेक्टर भए। राजेन्द्र इन्सपेक्टर हुँदा पनि ध्रुव प्रहरीमा प्रवेश गरेकै थिएनन्। त्यसको ८ वर्षपछि मात्रै उनी प्रहरी सेवामा प्रवेश गरे।

तर प्रहरीका प्राविधिक समूहमा छिटो बढुवा हुन्छ। जनपदमा जस्तो १० वर्षसम्म पनि एउटै दर्जामा रहनु पर्ने बाध्यता छैन। त्यही भएर ध्रुव छिटो बढुवा भए।

सेवामा प्रवेश गरेको ४ वर्षमै बढुवा हुँदा बाबुछोरा एउटै दर्जामा एकै दिन पुगेका हुन्। राजेन्द्रका दुई छोरा छन्। दुवै छोराले इन्जिनियरिङ पढे। जेठो छोरा सुशील कलेज पढाउँछन्।

‘उसले राम्रो पढ्यो, स्नातकोत्तर पनि टप भयो। आयोगबाट एक नम्बरमा नाम निकाल्यो। पहिले त उसको प्रहरी हुने सोच थिएन। एक दुई ठाउँमा आयोगमा भिड्यो। त्यता नभइसकेपछि यता दियो सफल भयो,’ छोराको सफलताबारे राजेन्द्र भन्छन्, ‘मान्छेलाई भाग्यले जता साथ दियो, त्यतै जाने रहेछ।’

छोरालाई प्रहरी नै हुनुपर्छ भनेर राजेन्द्रले भनेका होइन। तर राजेन्द्र प्रहरी भइसकेपछि घरपरिवारमा प्रहरीकै कुरा हुन थाले। ध्रुवले पनि यतैको लय समाते।

राजेन्द्रको सेवा अवधि २ वर्ष बाँकी छ। ३० वर्षे सेवाअवधिका कारण उनी २०८१ मा अनिवार्य अवकाशमा जानेछन्। तर ध्रुवको भने अझै २६ वर्ष सेवा अवधि बाँकी नै छ। राजेन्द्र डीएसपीबाटै अवकाश हुने सम्भावना बढी छ। तर ध्रुव भने अझ माथिल्लो पदमा पुग्ने सम्भावना छ।

बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.