विराटनगर ।
सोमबार बिहान ८ बजेदेखि अपहरणमा परेकी एक वर्षीया बालिका अझै बेपत्ता छिन् । उनी विराटनगरबाट बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाका अनुसार एक वर्षीया बालिका विराटनगर–१३ रोड शेषकी ममता यादवकी छोरी हुन् ।
बालिकाका बबु दीपेन्द्र यादवको चिनजानमा रहेकी एक महिलाले निकिसालाई लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।
मोरङका प्रमुख कोइरालाले प्रहरी अपहरणकारी नजिक पुगिसकेको र बेपत्ता भएकी बालिका मोरङ, सुनसरीकै क्षेत्रमा रहेको प्रहरीको भनाइ छ ।



