असार ३१, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा एक जना नेपाली पुरूषको निधन भएको छ। न्यु साउथ वेल्सको सेन्ट जर्ज हस्पिटलमा उपचाररत राज कुमार तिवारीको बिहीबार निधन भएको हो।
उनी क्यान्सर पीडित थिए। गत वर्षको जुन महिनामा तिवारीमा बोअल क्यासर पुष्टि भएको थियो। त्यसयता गरिएका १४ किमोथेरापी र शल्यक्रियाकाका बाबजूद पनि उनको दुःखद् निधन भएको हो।
मृतक तिवारीका श्रीमती र १३ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्। एक वर्षदेखि काम गर्न नसकेका तिवारीको परिवारमा आर्थिक समस्या समेत उत्पन्न भएको छ।
यसमा केही राहत होस् भन्ने उद्देश्यले एनआरएनए अष्ट्रेलिया र त्यहाँ भएका नेपाली समुदायहरूले आर्थिक सहयोकका लागि अपिल गरेका छन्।
अष्ट्रेलियामा नेपालीहरूले ज्यान गुमाएका घटनाहरू बढिरहेका छन्। यस्तो परिस्थितिमा सहयोग गर्नेहरूप्रति एनआरएनए अष्ट्रेलियाले कृतज्ञता ज्ञापन गरेको छ।