कञ्चनपुर – २० वर्षीया युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा कञ्चनपुरबाट चार जना पक्राउ परेका छन्।
बलात्कारको आरोपमा पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन्। उनीहरूसँगै बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशी पनि पक्राउ परेका छन्।
असार २३ गते राति ती युवतीमाथि सामुहिक बलात्कार भएको हो। उनीमाथि बलात्कार भएको सूचना बिहीबार प्रहरीकहाँ पुगेको थियो। शुक्रबार जाहेरी पनि परेपछि सो प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बलात्कार आरोप लागेका सुशील बिष्ट र युवतीको प्रेम सम्बन्ध रहेको बुझिएको छ।
सुशीलले भागेर विहे गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएका थिए।राति उनीहरूलाई सँगै देखेर पिछा गरेका अरू तीन जनाले युवतीमाथि बलात्कार गरेको जोहरीमा उल्लेख छ।



