• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

बुढीगंगाको मेयर र उपमेयरमा एमाले उम्मेदवारलाई दोस्रो प्रयासमा सफलता

तर, यस पटकको स्थानीय तह निर्वाचनको आइतबार सकिएको मतगणनामा भने बानियाँले बाजी मारे । एमालेबाट नगर प्रमुखको उम्मेदवारमा दोहोरिएका बानियाँले १ हजार ३ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीलाई पराजित गरे । बानियाँले ४ हजार ७७७ मत पाउँदा खातीले ३ हजार ७७४ मतमात्रै पाए ।

यस्तै उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का (कुँवर) पनि दोस्रो परीक्षामा जनअनुमोदित भइन् । उनी ०७४ को निर्वाचनमा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तारादेवी खातीसंग २३२ मतको अन्तरले पराजित भएकी थिइन् । त्यतिबेला खातीले ३ हजार ७६० मत पाएर निर्वाचित हुँदा कुँवरले ३ हजार ५२८ मत पाएकी थिइन् ।

०७४ सालमा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवार कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । यसपटक एमालेमा उनीहरुले नै दोहोर्‍याएर टिकट पाए र निर्वाचित पनि भए ।
यस पटक उनले आफ्नी प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रीता शाही (शाह) लाई ९७२ मत अन्तरले पराजित गरिन् । कुवँरले ४ हजार ७२७ मत पाइन् भने शाहले ३ हजार ७५५ मत पुर्‍याइन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नगर प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवारहरु फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।

१० वटा वडा रहेको बुढीगंगा नगरपालिकामा ०७४ को निर्वाचन भन्दा वडामा पनि फरक नजिता देखिएको छ । यसपटक ७ वटा वडाका वडाध्यक्षहरु एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गएको निर्वाचनमा कांग्रेसले वडा नं. १, ४, ७ र ८ गरी ४ वडामा जित हासिल गरेको थियो । यस पटक कांग्रेसबाट एमालेले वडा नम्बर १ को नेतृत्व खोस्न सकेको छ ।

यस निर्वाचनमा एमालेबाट वडा नं. १ मा रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी, ९ मा मीनबहादुर सिंह र १० मा दलबहादुर साउँद वडाध्यक्षमा बिजयी भएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट वडा नंं. ४ मा मीनबहादुर शाह, ७ मा भुवन सिहं केसी र ८ मा रमेश बहादुर रावल नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

बुढीगंगामा नगरपालिकामा १३ हजार ६५९ मतदाता रहेका छन् । यस पटक ९ हजार १२४ मत खसेको थियो ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको भन्दै मतदाताहरुले समेत बिरोध गरेका थिए ।

२, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएको कांग्रेसको आरोप थियो । यस्तै, वडा नं. ४ र ७ का मतदान स्थलहरु कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको एमालेको आरोप थियो । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

वडा नं. ४ मा ९९.४१ प्रतिशत मत खसाइएको थियो । वडा नं. २, ३, ५ र ९ मा प्रहरीले मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलका १९ मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

सोमबार, असार २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.