नवलपुर | पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ५ मा केरुङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार कावासोती ५ निवासी नवलसिंह झेडीको निधन भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेको थियो ।
बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको भए पनि अस्पताल पुगेको केही बेरमै स्वास्थ्यकर्मीले बालकको निधन भएको घोषणा गरेको थियो ।



