• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

विदेश पढ्न जान ६ महिनामा ८२ हजारले लिए अनुमति, धेरैजसो अष्ट्रेलिया जाने


२१ असार, काठमाडौं । विदेशमा अध्ययन गर्न जान पछिल्लो ६ महिनामा मात्रै ८२ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म(१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको छ ।

यो गत वर्षको तथ्यांक भन्दा करिब दुई गुणा बढी हो । शाखा प्रमुख हरिप्रसाद निरौला भन्छन् ‘गत वर्षमा वर्षभरिको तथ्याङ्क भन्दा करिब दुई गुणा बढी यो ६ महिनामा नै देखिएको छ ।’ शाखाका अनुसार १७ पुस २०७७ देखि १६ पुस २०७८ को एक वर्षमा ४५ हजार ८४३ एनओसी जारी भएको थियो ।

गत चैतमा एनओसी लिनेको संख्या अत्यधिक बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले अनलाइनमार्फत मात्रै भेरिफिकेसन गरिरहेको छ । तर, पछिल्लो समय चाप निकै कम भएको शाखा प्रमुख निरौलाले बताए ।

उनले भने ‘अहिले धेरै कम भएको छ । हामीले व्यवस्थित गर्नको लागि लिन आउने समय पनि फरक फरक दिइरहेकोले सबैलाई सहज भएको छ ।’ शाखाले भीड व्यवस्थित गर्नको लागि भेरिफिकेसन भएको सूचनासँगै लिन आउने समय पनि तोकेर पठाउन थालेको जनाएको छ ।

अधिकांशको रोजाइ अष्ट्रेलिया

एनओसी लिनेमध्ये सबैभन्दा बढी अष्ट्रेलिया जान इच्छुक भएको एनओसी शाखाले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जारी गरेको ८२ हजार ४०९ एनओसी मध्ये ५९ हजार ७४८ अष्ट्रेलियाका लागि भएका छन् ।

त्यसैगरी जापानका लागि ९ हजार ४३५, अमेरिकाका लागि दुई हजार ४१९, बेलायतका लागि एक हजार ७२२, रसियाका लागि ४४६, थाइल्यान्डका लागि १२२ वटा एनओसी जारी भएको छ ।

तर एनओसी जारी भएको संख्या बराबर नै नेपाली विद्यार्थी विदेश नजाने शाखाको भनाइ छ । शाखा प्रमुख निरौलाले भने, ‘कुनै देश अथवा विश्वविद्यालयमा अध्ययन गर्न जानको लागि एउटा विद्यार्थीले ३ वटासम्म एनओसी लिनुपर्ने अवस्था छ ।’

उनका अनुसार जापान, फ्रान्स लगायतका देशमा जाँदा भाषाका लागि एउटा र एकेडेमिक कोर्सका लागि अर्को गरी दुई वटा एनओसी लिनुपर्छ । त्यसैगरी कुनै विश्वविद्यालयले कोर्सलाई पनि पनि डिप्लोमा र एडभान्स डिप्लोमा गरेर दुई वटा बनाएका हुन्छन् ।

त्यस्तो विश्वविद्यालयमा भाषाका लागि एउटा र दुई वटा कोर्सका लागि दुई वटा नै एनओसी लिनुपर्ने निरौलाले जानकारी दिए । अष्ट्रेलिया जाने अधिकांश विद्यार्थीले एउटा मात्रै एनओसी र कुनै विश्वविद्यालयले भने दुई वटा कोर्स बनाएकाले दुई वटा नै एनओसी लिनुपर्ने शाखाले जनाएको छ ।

आवेदन दिएपछि विश्वविद्यालयले पठाउने अफर लेटरको आधारमा विद्यार्थीले एकदेखि तीनवटासम्म एनओसी लिने गरेका छन् ।

शाखाले २०७७ भदौदेखि अनलाइन मार्फत भेरिफिकेसन दिन थालेदेखि जारी भएको १ लाख ४१ हजार ९९ एनओसीमध्ये करिब ४ हजार एनओसी फिर्ता भएको जनाएको छ ।

एउटा देश अथवा विश्वविद्यालयको लागि जारी भएको एनओसी फिर्ता नभएसम्म अर्को विश्वविद्यालय अथवा देशको लागि एनओसी लिन नपाइने भएकाले कतिपय विद्यार्थीले लिएको एनओसी फिर्ता गरेर अर्को लिने गरेको शाखाले जनाएको छ ।

शुल्क बढाउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब एनओसीको शुल्क पनि बढाउने तयारी गरेको छ । हाल एउटा एनओसी जारी गरेवापत दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यो शुल्क १५ वर्षअघि तय भएको र अब बढाउने तयारी गरेको शाखाले जनाएको छ । शाखा प्रमुख निरौलाले भने ‘धेरै समयको अन्तरमा बढाउन लागिएकाले दोब्बर हुने गरी बढाउने कि भन्ने कुरा भइरहको छ ।’

सरकारले २०७७ साल भदौदेखि २०७९ असार २० गतेसम्म एनओसीबाट २८ करोड १५ लाख राजश्व संकलन गरेको छ ।

शुक्रबार, असार २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.