×
सोमबार, असार १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३. लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ७. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ८. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ९. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • १०. मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

नारायणगढ–मुग्लिन सडक : १७ ठाउँमा पहिरोको उच्च जोखिम


चितवन। नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।

ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन् । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिन तर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिनुभयो । त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेका छन् । ती १७ ठाउँमा गत वर्ष पहिरो खसेको थियो ।

उहाँले भन्नुभयो “मुख्य रुपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ ।” ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो । सो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ, भने १४ निर्माणको अन्तिम चरणमा रहेको छ । एउटा निर्माण सुरु हुने प्रक्रियामा छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो ।

सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । जसमध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो ।

सो सडकमा वर्षातको समयमा पटक–पटक पहिरो खसेर दुःख दिने गरेको छ । नारायणगढ– मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखसहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्व तयारीका योजनासमेत तय गरिएको छ । पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इञ्जिनीयर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा रु १३ लाख खर्च हुने गरेको तथ्याङ्क छ । हाल सो सडकमा पहिरो पन्छाउनका लागि स्काभेटर सहितको प्राविधिक टोली २४ सैं घण्टा सडकमा नै खटिएको छ । रासस

बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता
मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै
बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा
इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण
गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल
NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

लोकप्रिय

  • १.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • २.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३.
    बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

  • ४.
    इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

  • ५.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • ६.
    NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • ७.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ८.
    आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.