• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

बिहे गर्छु भनि होटेलमा बोलाएर, बलात्कार गरे एक लाख, २ तोला सुन लुटेर टाप

काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् ।

उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे । सुनिताले पनि इन्कार गर्नु पर्ने देखिनन् ।

जयले त उनीसँग विवाह नै गरिहाल्ने पनि बताएका थिए । घरपरिवारसँग भनेर अघि बढ्दा साथ नपाइने भन्दै उनले भगाएर लैजाने कुरा सुनितासँग गरिरहेका थिए । सुनिताले पनि जयका सबै कुरा पत्याइन् र २९ जेठमा भागेर जान भन्दै घर छाडेर हिँडिन् ।

प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेका अनुसार त्यसपछि सुनितालाई जयले काठमाडौं भोटेबहालको एक गेस्ट हाउसमा लगेर राखे । ‘केटाको असली रुप पीडितले होटलमा पुगेपछि मात्र थाहा पाइन् । ‘त्यहाँ पेय पदार्थमा मिसाएर उनले लठ्ठयाउने औषधि खुवाइदिएछन्,’ डीएसपी घिमिरेले भने, ‘त्यसपछि जबरजस्ती करणी गरेर साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल पनि लुटेर गएछन् ।’

प्रहरीका अनुसार भागेर विवाह गर्ने भनेपछि उनले घरमा भएको अलिअलि पैसा र सुन लिएर निस्किएकी थिइन् । तर मोबाइल समेत लगेपछि उनीसँग जयलाई चिन्ने कुनै आधार भएन । आफूमाथि आइपरेको आपतबारे उनले सोच्नै सकिरहेकी थिइनन् । दुई दिनसम्म त उनी फर्किएर आउलान् कि भनेर बाटो हेरिरहिन् । त्यसपछि ३१ जेठमा प्रहरी वृत्त, कालिमाटीमा जाहेरी दिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार पीडितले जाहेरी दिँदा पीडकको कुनै संकेत प्रहरीले पाएको थिएन । ‘होटलमा बस्दा समेत पीडित महिलाकै परिचय पत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएको पाइएको छ,’ मैनालीले भने ।

तर प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषणबाट अनुसन्धान गर्दै जाँदा ‘जय’ भनिएका पीडकको खास नाम विश्व तामाङ भएको खुल्यो । उनले ‘जय’, ‘भोटे’, ‘आशिष’ गरी तीन वटा नामबाट आफूलाई चिनाउने गरेको पनि अनुसन्धानका क्रममा खुलेको एसपी मैनाली बताउँछन् ।

पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप भएको मैनाली बताउँछन् ।

पीडितको चाहिँ घटनाबारे जानकारी पाएलगत्तै प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराइएको छ ।

मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.