काठमाडौँ – नेपाली विद्यार्थीका लागि लोकप्रिय शैक्षिक गन्तव्यका रुपमा स्थापित छ अस्ट्रेलिया । राम्रा शैक्षिक कार्यक्रमहरु,अस्ट्रेलियन डिग्रीको विश्वभर माग हुनु, अध्ययन गर्दै काम पनि गर्न सकिने भएकाले यहाँ विद्यार्थीको आक्रषण बढेको हो ।
कोभिड १९ संक्रमणपछि अष्ट्रेलियाले विद्यार्थीहरुलाई सहज आवागमन दिएको थियो । विद्यार्थी भिसाका लागि आएका सबै निवेदनहरुमा भिसा दिएको अस्ट्रेलियाले केही दिनदेखि फिल्टर गर्न थालेको छ । अहिले सामान्य रिजेक्सन देखिएको व्यवसायीहरुले बताएका छन् ।
नेपालका शैक्षिक परामर्श व्यवसायीहरुले जस्ता पनि विद्यार्थीलाई आवेदन दिन लगाएपछि रिजेक्सनको अवस्था आएको हो । ४/५ बर्षअघि अध्ययन पुरा गरेका विद्यार्थीलाई पनि आवेदन दिन लगाएपछि रिजेक्सन आएको व्यवसायीहरुले बताएका छन् । अस्ट्रेलियाले धेरै स्टडी ग्याप भएका विद्यार्थीहरुलाई भिसामा कडाई गर्ने गरेको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : [email protected]