• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

निर्वाचनमा विजय जुलुसको भिडियो माग्दा झुक्किएर ‘पोर्न भिडियो’ पठाएपछि…

काठमाडौं : ५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् ।

काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्रं)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए । विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले झुक्किएर एउटा ‘पोर्न भिडियो’ पनि झुक्किएर पठाए ।

उक्त ‘पोर्न भिडियो’ थियो – गाउँकै १७ वर्षीया युवतीको । जुन युवती पूर्णसिंहले नचिन्‍ने कुरै भएन । यसपछि उनले गाउँका अन्य युवाहरूलाई सोही भिडियो ‘फरवार्ड’ गरे । अनि, उक्त पोर्न भिडियो ‘भाइरल’ भएपछि रामसिंह र ती युवतीबीचको शारीरिक सम्बन्धबारे पोल खुल्यो ।

रामसिंह गाउँकै मालिकार्जुन आधारभूत विद्यालयमा कार्यरत छन् । ती युवती पनि सोही विद्यालयको पूर्वविद्यार्थी हुन् । तर, उनीहरूको ‘पोर्न भिडियो’ सार्वजनिक भएपछि युवतीको बुबाले प्रहरीमा बलात्कारसम्बन्धी मुद्दामा ११ जेठमा उजुरी दिए । जाहेरीका अधारमा सोही दिन रामसिंह पक्राउ पनि परे ।

प्रहरीले घटनाबारे अनुसन्धान सकेर बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले मङ्‍गलबार जिल्ला अदालतमा अभियोग पत्रसहित बलात्कार ९जबर्जस्ती करणी० मुद्दा दर्ता गरेको छ ।

सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले अभियोगपत्र दर्ता गराउँदै रामसिंहविरुद्ध सजायको माग दाबी पनि गरेका छन् । तर, अभियोग पत्रमा जबर्जस्ती करणी नभई सहमतिमै करणी भएको आरोपी रामसिंहको जिकिर छ । उनका अनुसार कहिलेकाहीँ हेर्न भनेर ‘पोर्न भिडियो’ पनि सहमतिमै खिचिएको हो ।

बयानमा उनले गाउँ नजिकैको रानी वनमा गत वर्षको मंसिरमा दुई दिन र पछिल्लो पटक ७ फागुन २०७८ मा गाउँकै एक जनाको गोठमा करणी गरेको बताएका छन् ।
युवतीले भने खेतबारीमा मल लगेर गएको अवस्थामा ‘काम छ’ भन्दै रामसिंहले केही पर तान्दै गोठमा लगी बलात्कार गरेको बताएकी छिन् ।

युवतीले बलात्कार भने पनि रामसि‌ंहले चाहिँ युवतीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र फोनमा कुराकानी गरिरहने र भेट भएको मौकामा सहमतिमै शारीरिक सम्पर्क हुने गरेको बयानमा उल्लेख छ ।

Narayani Online

  • झुक्किएर ‘पोर्न भिडियो’
  • निर्वाचनमा
  • भिडियो माग्दा
  • विजय जुलुसको
बुधबार, असार ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.