कपिलवस्तु : तीन दिनदेखि बेपत्ता भएका कपिलवस्तको कृष्णगनर नगरपालिका–९ बहादुरगंजका एक युवकको शव इनारमा भेटिएको छ।
राम गोरखा मावि नजिकै रहेको इनारमा स्थानीय १९ वर्षीय अर्जुन कहारको शव शनिबार बिहान भेटिएको हो। घरबाट ३ दिनदेखि बेत्तपा रहेका युवकको खोजी गर्नेक्रममा स्थानीयले शुक्रबार राति उनको शव इनारमा तैरिराखेको अवस्थामा देखेका थिए।
आइतबार बिहान प्रहरीले युवकको शव इनारबाट निकालेर पोस्टमर्टमका लागि बहादुरगंज अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालयका बरिष्ठ नायब निरीक्षक दिपेन्द्र गिरीले बताए। शवसँगै खल्तीमा रहेको मोबाइल पर्स समेत बरामद भएको गिरीले बताए।