• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

अनिल हत्या काण्ड : तरुण दलका प्रवक्ता पक्राउप्रति कांग्रेस चितवनको ध्यानाकर्षण


चितवन : नेपाली कांग्रेस चितवनले बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या प्रकरणमा तरुण दलका प्रवक्ता पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला (विश्व) पक्राउ परेको प्रति ध्यानाकर्षण जनाएका हुन् । छानबिनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषीले उन्मुक्ती पाउने कदापी स्वीकार्य नहुने विज्ञतिमा भनिएको छ ।

कांग्रेस चितवनले हिरासतमा लिएका व्यक्तिलाई मानसिक तनाव दिएर जबरजस्ती दोषी ठहराउने कार्य संविधान विपरित हुने जनाएको छ । वास्तविक हत्यारा पत्ता लगाउँदै कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्न पनि कांग्रेस चितवनको माग छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य तथ्य छानविन गरी पीडित माथी न्याय दिने कार्य राज्य र प्रहरी प्रशासनको दाहित्व हो तसर्थ वास्तविक हत्यारालाई कानुन अनुसार दण्ड सजाय दिलाउन, नेपाली कांग्रेस चितवन राज्यलाई आवश्यक सहयोग गर्ने समेत जानकारी गाराउदछौं । तर छानविनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषी व्यक्तिले उन्मुक्ति पाउने कदापी हुनु हुँदैन । हिरासतमा लिएको व्यक्तिलाई मानसिक तनाव दिने र जवरजस्ती दोषी ठहराउने कार्य संविधान र कानुन सम्मत पनि ठहरिदैन ।’

घटनाको निष्पक्ष र वैज्ञानिक छानविनका गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरिएको छ । अन्यथा यसबाट सिर्जित घटनाको जिम्मेवारी स्वयं प्रशासनले लिनुपर्ने कांग्रेस चितवनको चेतावनी छ ।

भरतपुरमा १२ मिलनचोक निवासी परियारको गत बैशाख २५ गते साँझ ७ः३० बजे हत्या भएको थियो । भरतपुर महानगरपलिका कृष्णपुर स्थित पञ्चेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा चक्कु प्रहार गरेर उनको हत्या गरेका थिए ।

हत्याको अभियोगमा प्रहरीले तरुण दल चितवनका प्रवक्तासहित तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको थियो । पक्राउ पर्नेहरुमा वास्तोलासहित भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार वास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिए । तिनै जना २४ गते मंगलबार पक्राउ परेका हुन् ।

मृतकका परिवारको किटानी जाहेरीपछि जिल्ला अदालत चितवनबाट पक्राउ अनुमति लिई तीन जनालाई पक्राउ गरिएको उनले बताए । हत्यामा संलग्न अन्यको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • अनिल हत्या काण्ड
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.