• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

अनिल हत्या काण्ड : तरुण दलका प्रवक्ता पक्राउप्रति कांग्रेस चितवनको ध्यानाकर्षण

चितवन : नेपाली कांग्रेस चितवनले बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या प्रकरणमा तरुण दलका प्रवक्ता पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला (विश्व) पक्राउ परेको प्रति ध्यानाकर्षण जनाएका हुन् । छानबिनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषीले उन्मुक्ती पाउने कदापी स्वीकार्य नहुने विज्ञतिमा भनिएको छ ।

कांग्रेस चितवनले हिरासतमा लिएका व्यक्तिलाई मानसिक तनाव दिएर जबरजस्ती दोषी ठहराउने कार्य संविधान विपरित हुने जनाएको छ । वास्तविक हत्यारा पत्ता लगाउँदै कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्न पनि कांग्रेस चितवनको माग छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य तथ्य छानविन गरी पीडित माथी न्याय दिने कार्य राज्य र प्रहरी प्रशासनको दाहित्व हो तसर्थ वास्तविक हत्यारालाई कानुन अनुसार दण्ड सजाय दिलाउन, नेपाली कांग्रेस चितवन राज्यलाई आवश्यक सहयोग गर्ने समेत जानकारी गाराउदछौं । तर छानविनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषी व्यक्तिले उन्मुक्ति पाउने कदापी हुनु हुँदैन । हिरासतमा लिएको व्यक्तिलाई मानसिक तनाव दिने र जवरजस्ती दोषी ठहराउने कार्य संविधान र कानुन सम्मत पनि ठहरिदैन ।’

घटनाको निष्पक्ष र वैज्ञानिक छानविनका गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरिएको छ । अन्यथा यसबाट सिर्जित घटनाको जिम्मेवारी स्वयं प्रशासनले लिनुपर्ने कांग्रेस चितवनको चेतावनी छ ।

भरतपुरमा १२ मिलनचोक निवासी परियारको गत बैशाख २५ गते साँझ ७ः३० बजे हत्या भएको थियो । भरतपुर महानगरपलिका कृष्णपुर स्थित पञ्चेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा चक्कु प्रहार गरेर उनको हत्या गरेका थिए ।

हत्याको अभियोगमा प्रहरीले तरुण दल चितवनका प्रवक्तासहित तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको थियो । पक्राउ पर्नेहरुमा वास्तोलासहित भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार वास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिए । तिनै जना २४ गते मंगलबार पक्राउ परेका हुन् ।

मृतकका परिवारको किटानी जाहेरीपछि जिल्ला अदालत चितवनबाट पक्राउ अनुमति लिई तीन जनालाई पक्राउ गरिएको उनले बताए । हत्यामा संलग्न अन्यको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • अनिल हत्या काण्ड
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.