चितवन : रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दुर्घटना घाइते हुनेहरुको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन्।
घाइते हुनेहरुमध्ये खैरहनी ५ बस्ने ७४ वर्षीया मंगरा महत्तो,खैरहनी १० बस्ने २० वर्षीया सकिना चौधरी, ५४ वर्षिया चनु महत्तो, भरतपुर २२ २१ वर्षीया बिसिका चौधरी, भरतपुर १० बस्ने १८ वर्षीय प्रनिश चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
त्यस्तै, खैरहनी ६ बस्ने २० वर्षीया संजिला चौधरी,३२ वर्षीया सुलोचना चौधरी, १६ वर्षीया दिपिशा चौधरी, २७ वर्षीया सबनम चौधरी,राप्ती ६ बस्ने ४० वर्षीया स्पमिनिया चौधरी,नवलपुर कावसोती १३ बस्ने ४३ वर्षीया सावित्री खरेल, रत्ननगर ४ बस्ने ४८ वर्षीया पवनी महत्तो, खैरहनी ७ बस्ने १६ वर्षीया कसिश चौधरी, खैरहनी १० बस्ने २२ वर्षीया प्रिति चौधरी, ६३ वर्षीय विशु राम महत्त, १७ वर्षिया सपना चौधरी, ९ वर्षिया जोन चौधरी, १४ वर्षिया आकृती चौधरी र बस चालक खैरहनी ९ का ३१ वर्षीय रमेश शिवाकोटी सामान्य घाइते भएका छन्। उनीहरुको रत्ननगर अस्पताल टाँडीमा उपचार भईरहेको छ। भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रत्ननगर नगरपालिकाको निपनी स्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदैगरेको ना ५ ख ६४३ नम्बरको बस जन्ती रत्ननगर नारापालिकास्थित लौरिघोलमा दुर्घटनामा परेको हो।