• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

साथीलाई खुकुरी प्रहारको आरोपमा युवा संघका जिल्ला नेता ३ महिनापछि पक्राउ

काठमाडौं : मंगलसेन नगरपालिका–३, अछामका कमनसिंह बोगटी २७ फागुन २०७८ को दिन बिहान साढे ८ बजे सधैँझैँ सेतोपुलबाट बानेश्वरस्थित जिम सेन्टर जाँदै थिए ।

करिडोरको बाटो हुँदै आएका उनको मोटरसाइकलको गति बानेश्वर हाइटको उकालो लाग्दा कम भयो, त्यहीबेला पछाडिबाट मोटरसाइकलमा आएकाले उनलाई खुकुरी हानी हाले ।

‘मैले के भइरहेको छ भन्ने नै भेउ पाइन,’ बोगटी भन्छन्, ‘स्पीड ब्रेकर छ, उकालोमा मोटरसाइकल स्लो भयो । पछाडि दुईवटा मोटरसाइकल र स्कुटर आइरहेको याद छ ।’ त्यही मोटरसाइकल र स्कुटरमा आएको समूहले उनलाई खुकुरी प्रहार गरेको उनको भनाइ छ ।

बोगटी लडेपछि उनीहरु त्यहाँबाट निस्किए, एकजनाले उनलाई उद्धार गरेर सिभिल अस्पताल पुर्‍याए । आक्रमणबाट ढाड, हात र खुट्टामा गहिरो चोट लागेकाले उनले ४४ वटा टाँका लगाउनु पर्‍यो ।

‘ आक्रमण गर्नेमध्ये एकजना बोगटीले चिनेकै व्यक्ति थिए । ‘युवा संघ अछामको पूर्वअध्यक्ष कपिल भण्डारीसहितको समूहले आक्रमण गरेको हो, मैले त्यसबेलै प्रहरीमा पनि जाहेरी दिएको थिएँ,’ उनी भन्छन्, ‘खासमा भण्डारी राजनीतिक पृष्ठभूमिका पनि होइनन्, नेकपा भएका बेला उनलाई जिम्मेवारी दिइएको थियो ।’

खुकुरी हानेको तीन महिनासम्म उनी फरारै रहे । हालै उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर भन्छन्, ‘उनी खासमा राजनीतिक आवरणमा गुण्डागर्दीमा संलग्न रहेछन्, पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

एसएसपी कुँवरका अनुसार ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ । घटनामा संलग्न थप व्यक्तिको अहिलेसम्म पहिचान खुलेको छैन । कुँवर थप्छन्, ‘उनीमार्फत पनि अन्य व्यक्तिबारे खुल्नसक्छ, यद्यपि, अन्य पाटोबाट पनि अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार भण्डारीले २०६६ सालमा नेपाल कमर्स क्याम्पस (एनसीसी) का अखिल अध्यक्ष भुपेन्द्र शाहलाई पनि खुकुरी हानेका थिए । घटनामा डेढ वर्ष फरार भएका उनी पछि अदालत हाजिर भएर छुटेका थिए । २०६४ सालमा बालकुमारीको एनसीआरटी क्याम्पसमा ६५ वर्षीय वृद्धलाई खुकुरी हानिएको घटनामा पनि उनी जोडिएका थिए ।

पेशाले ‘इन्भाइरोमेन्ट कन्सल्ट्यान्ट’ भण्डारी पनि युवा संघसँग जोडिएका व्यक्ति हुन् । प्रहरीका अनुसार उनी र कपिलबीच अछाममा पार्टीको अधिवेशनका बेला विवाद भएको थियो । ‘त्यतिबेला कपिलले रड हानेका रहेछन्, बोगटीले पनि प्रतिकार गरेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसैको बदलामा घटना भएको जस्तो देखिन्छ ।’

हालै युवा संघका संयोजक किरण पौडेलले प्रेस विज्ञप्ति निकालेर भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

यो घटनाको एकसातापछि शंखमुलमा पनि खुकुरी प्रहारको अर्को घटना सार्वजनिक भएको थियो । अपराध अनुसन्धानका कार्यालयका प्रमुख कुवँर भन्छन्, ‘खुकुरी प्रहारका घटना बढेपछि सुक्ष्मरुपमा अनुसन्धान र निगरानी गरिरहेका छौं ।’

  • पक्राउ
  • युवा संघका जिल्ला नेता
  • साथीलाई खुकुरी प्रहार
सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.