• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

पिडितले नै आफ्नो अस्मिता सुरक्षित छ भन्दापनि पल शाहलाई थुनिरहनु अन्याय हो : कानून व्यवसायी वाग्ले


काठमाडौं : जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पोखराले पल शाहलाई थुनामै राख्ने निर्णय लिएपछि उहाँका समर्थकहरु निराश बनेका छन् ।

पिडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उच्च अदालतले पललाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्ने आशा उहाँका समर्थकले राखेका थिए ।

अब फैसला नहुञ्जेलसम्मका लागि पल शाह कारागारमै रहनुपर्ने भएको छ । पुनरावदेनको निर्णय चित्त नबुझेको खण्डमा सर्वोच्च अदालत जाने अन्तिम विकल्प भने बाँकी छ ।

पल शाहको तर्फबाट बहस गरेका कानून व्यवसायी कमलामोहन वाग्लेले उच्च अदालतको आदेशको पूर्णपाठ आएपछि थप कदमबारे निर्णय लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भोलि आदेशको पूर्णपाठ अध्ययन गरेपछि सर्वोच्च जाने विषयमा छलफल र निर्णय लिनेछौं ।’

उच्चको आदेशलाई भने उहाँले ‘निराशाजनक’ संज्ञा दिनुभएको छ । वाग्लेको भनाइमा पिडितले नै आफ्नो अस्मिता सुरक्षित रहेको भनेर बयान दिइसकेपछि अदालतले आरोपिलाई तारेखमा छाड्नु वाञ्छनीय हुन्थ्यो ।

‘अदालतले साधारण तारेखमा वा धरौटीमा छाड्छ भन्नेमा हामी निकै आशावादी थियौं,’ उहाँले भन्नुभयो । यद्यपि, अदालतको आदेशप्रति उहाँले कडा टिप्पणी भने गर्नुभएन । उहाँले भन्नुभयो अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा आदेश गर्ने हो ।

वकपत्रभन्दा अगाडि वा अभियोगपत्र अदालतमा प्रवेश गरेपछिका प्रमाणलाई आधार मानिँदैन । अदालतमा अभियोगपत्र प्रवेश गरेपछि अभियुक्तको बयानसम्मलाई तत्काल प्राप्त प्रमाण मानिन्छ ।

त्यसपछि भएका वकपत्रहरुलाई मानिँदैन । त्यसैले तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले जे देख्यो त्यसकै आधारमा आदेश गर्ने हो । पूर्णपाठ हेरिनसकेकाले विस्तृतमा त भन्न सक्दिनँ, मलाई लाग्छ, यसरी नै आदेश गर्नुभएको होला ।

म भयंकर आशावादी थिएँ । यो मुद्दामा थुनामा राख्नुपर्ने कहीँ कतैबाट केही आधार नै देखेको थिइनँ ।

हाम्रो कानूनमा थुनामा राखिएको रहेछ भने पनि पछि प्रमाण बुझ्दै जाँदा थुनामा रहेको व्यक्ति निर्दोष रहेछ, थुनामा राखिरहनुपर्ने रहेनछ भने त्यस्तो व्यक्तिलाई जुनसुकै समयमा थुनाबाट मुक्त गर्नसक्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७१ मा स्पष्ट व्यवस्था छ । त्यसलाई पनि हामीले न्यायमूर्ति समक्ष पेश गरेका हौं ।

जाहेरवाला होस्टाइल भइसक्नुभएको अवस्था छ । पिडित पक्षले नै आफूमाथि केही भएको होइन भन्नुभएको छ । मेरो अस्मिता सुरक्षित छ, मेरो अस्मितामा कहीँ कतै दाग लागेको छैन, म चोखी छु, म कन्या छु भनेर भन्दाभन्दै पनि थुनामा राखिनु चाहिँ निराशाजनक हो ।

अर्को, पिडित र जाहेरवाला लगायत केही व्यक्तिको वकपत्रसमेत तनहुँ जिल्ला अदालत, नवलपूर जिल्ला अदालतमा भइसकेको कारणले अब यथासिघ्र चाँडै मुद्दाको प्रमाण बुझेर फैसला गर्नु भनेर आदेशमा लेखिन पनि सक्छ ।

तल्लो अदालतले गरेको आदेशलाई माथिल्लो अदालतले जाँच गर्ने हो । जाँच गर्दा तल्लो अदालतको आदेश ठिकै छ भनेर गरेको आदेशलाई लिएर व्यक्तिगतरुपमा म खुशी छु छैन तर कानूनीरुपमा ‘ड्यू प्रोसेस’ यही हो ।

तर फैसलामा चाँडै मुद्दाको प्रमाण बुझेर फैसला गर्नु भनेर आदेश आएको रहेछ भने यसले फाइदा पुग्ने उहाँको भनाई छ ।

 

  • उच्च अदालतको आदेश
  • कमलामोहन वाग्ले
  • पल शाह
शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.