• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

राष्ट्रिय राजनीतिको समीकरणमा बादशाह बन्न एक सय ६५ का तुरुप मिलाउनै गाह्रो


काठमाडौं : निर्वाचन आयोगले मंसिर २२ लाई प्रतिनिधिसभाको डेटलाइन तोकेर संघ र प्रदेशको निर्वाचन मिति तय गर्न सरकारलाई सुझाव पठाउँदैछ । आयोग स्रोतले दिएको जानकारी अनुसार आउने सोमबारभित्र यो सुझावसहितको आफ्नो राय सरकारलाई लिखित रुपमा आयोगले उपलब्ध गराउँदैछ । यसले पनि २०७४ मंसिर २२ गते प्रतिनिधिसभा सदस्यहरू निर्वाचित भएकाले यसैलाई आधार मानेर मंसिर १५ भित्र नयाँ निर्वाचनको मिति तोकिने प्रायः निश्चित नै छ ।

संघीय र प्रदेश निर्वाचन अबको ६ महिनाभित्र गर्नुपर्ने बाध्यात्मक अवस्था रहेपनि केन्द्रीय राजनीति सत्ता समीकरणको वरिपरी घुमिरहेको छ ।अनौपचारिक ढंगबाटै भएपनि गठबन्धनभित्रै समीकरण फेरबदलको सांकेतिक चलखेल सुरु भएर यसले वर्तमान राजनीतिलाई नयाँ मोड दिने संकेत गरेको छ । यसका मुख्य पात्रहरु घुमाउरो तरिकाले सतहमा आउन थालेका छन् ।

संघीय तर्फको प्रत्यक्षमा १ सय ६५ सिट छन् । यसैबाट केन्द्रीय राजनीति र सत्ता पनि परिचालित हुन्छ । अहिले सम्म १ सय ६५ सिटमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलनै सत्ता सञ्चालनको बादशाह बन्ने परम्परा छ र यसका मुख्य दावेदार हुन, नेपाली कांग्रेस र नेकपा एमाले । सत्ता र राजनीतिमा आगामी कार्यकालको नेतृत्व गर्न कांग्रेस र एमालेसामू १ सय ६५ सिटबाट बढी सिट हात पार्न एकले अर्काको एक्का मार्नका लागि तुरुपको प्रयोग नगरी सम्भव छैन् ।

प्रदेशको सिट संख्या महत्वपूर्ण रहेपनि त्यसको लेखाजोखा १ सय ६५ बाटै हुन्छ । यसैले पनि संघीय संसदको प्रत्यक्ष तर्फको सिटलाई आफ्नो पक्षमा पार्न सत्ता परिवर्तनसम्मका समीकरणहरु परिवर्तन हुनसक्ने राजनीतिक विश्लेषकहरु अनुमान लगाउँछन् । आगामी नेतृत्वका लागि नेपाली कांग्रेसलाई कुनैपनि मूल्य दिएर अहिलेको गठबन्धनलाई चुनावसम्म लानुपर्ने बाध्यता छ भने एमालेलाई यो गठबन्धन फुटाउनै पर्ने बाध्यता छ ।

राजनीतिक उदेश्य जे भएपनि अहिले कांग्रेसलाई एमालेको एक्का र एमालेलाई कांग्रेसको एक्का मार्न मूलतः नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई तुरुपका रुपमा प्रयोग गर्नेपर्ने स्थिति देखिएको छ । एकीकृत समावादीले संघीय सिटमा ठूलो आस नराखेपनि नेकपा माओवादीले भने १ सय ६५ मा जताबाट प्रयोग हुँदा दोस्रो स्थानमा आउन सकिन्छ उतैपट्टि तुरुपका रुपमा प्रयोग हुनसक्ने संकेत गरेको छ । अझ एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषामा भन्दा जताबाट बढी दूधभात आउँछ उतै लम्कने उसको तयारी छ ।

अहिले राजनीतिक गतिरोधको मूलकारण माओवादी बाहेकका दलहरुमा देखिएको अन्तरविरोध पनि हो, जसको निकास सहज छैन् । पहिले पनि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कांग्रेससँगको सहकार्य तोडेकै हुन् । एमालेसँग एकता र दुइवर्षपछि ओली सरकारविरुद्ध अविश्वासको प्रस्तावसहित सरकार बदल्ने र राष्ट्रिय राजनीतिको कोर्स आफ्नो पक्षमा पार्ने प्रचण्डको इतिहास मेटिएको छैन् ।

अहिले पनि केपी ओलीबाट संघीय निर्वाचनमा बढी दूधभात आएमा कांग्रेससँगको सहकार्य छोड्न सकिने आशय बुधबार नै राखेका छन् ।प्रचण्डले माओवादीले कांग्रेसपछिको स्थान पाउनका लागि वार्गेनिङ गरेको बुझाई धेरैको छ । नेकपा माओवादीकै केही नेता भने दाहालले नेपाली कांग्रेसलाई दिएको धम्की सच्याउने प्रयास पनि गरेका छन् ।

माओवादी नेता दीनानाथ शर्माले गठबन्धनलाई सुदृढ र व्यवस्थित बनाउनुपर्छ भन्ने स्प्रिटमा आएको प्रचण्डको भनाइलाई मिडियामा तोडमरोड गराई एमालेले गठबन्धन टुटाउनका लागि गलत किसिमले प्रचारबाजी गराएको आरोप लगाएका छन् ।

केही बाम विश्लेषकका अनुसार एमाले अध्यक्ष ओलीले गठबन्धन फुटाउन कदम चल्नु र प्रचण्डले सिट संख्या बढाउन कांग्रेसलाई तर्साउन खोज्नु एकैपटक जस्तो देखिएकाले राजनीतिक समीकरण परिवर्तन हुन्छ कि भन्ने शंका उब्जाएको हो । यी राजनीतिक दाउपेच र असहमतिबीच स्थानीय तहको चुनावपछि प्रमुख राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभा चुनावको विषयमा छलफल थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कायमै राखेर कात्तिकमा प्रदेश तथा संघीय प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव राखेर छलफल अगाडि बढाएका छन् । सत्ता गठबन्धनको दलमात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि मंसिर अघि नै चुनाव गराउने विषयमा सकारात्मक देखिएको छ । तर, उसलाई त्योभन्दा पहिले गठबन्धनमा विभाजन ल्याएर आफु पहिलो दल बन्ने बाटो खुल्ला गर्ने अभियान सफल बनाउनु छ ।

गएको संघीय र प्रदेश सभाको निर्वाचनमा निकै कम्जोर देखिएको कांग्रेस वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो । २०७४ सालको निर्वाचनमा कमजोर बनेको कांग्रेस यसपटक गठबन्धनको बलमा शक्तिशाली बनेको छ ।

माओवादी केन्द्रले १ सय २१ स्थानीय तहमा जित हात पर्दा जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २०, लोकतान्त्रिक समाजवादी १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख पदमा जितेका छन् । २०७४ मा पहिलो शक्ति बनेको एमालेलाई यसपटक सत्ता गठबन्धनले कमजोर बनाइदिएको छ र यसको बदला संघीय निर्वाचनमा लिने दाउमा एमाले छ ।

बुधबारको प्रचण्डको अभिव्यक्तिले पनि एमाले र कांग्रेसलाई तुरुपका रुपमा रहेका यी तिन दललाई आफ्नो पक्षमा ल्याउन सहज छैन ।यसका लागि सत्तामा नेतृत्व परिवर्तन गराएर ठूलै भाग दिने वा आगामी निर्वाचनमा दोस्रो दल बनाउने प्रतिबद्धता माओवादीले खोजेको छ ।

प्रचण्डले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखको प्रशिक्षण कार्यक्रममा एमालेलाई आफूहरुले ठेगान लगाएको गौरव कथा मात्र सुनाएका छैनन् । स्थानीय निर्वाचनबाट ठूलो दल बनेको कांग्रेसलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

२०७४ मा १४ प्रतिशत पालिकामा जितेको माओवादीले यसपटक १६ प्रतिशत जित हात पारेको छ । तालमेलबाट ६८ पालिकामा जितेको माओवादीले एकल रुपमा ५३ पालिकामा जीत हात पारेको छ । उता कांग्रेसले गठबन्धनको बलमा १२१ स्थानमा जीत हात पारेको छ । बुधबारको प्रचण्डको भनाइ यसैप्रति लक्षित छ ।

नेपाली कांग्रेसले १२१ स्थानमा गठबन्धन गरेर जितेको छ जहाँ एक्ला एक्लै प्रतिस्पर्धा गरेको भए अवस्था फरक हुने उनको विश्लेषण छ ।पहिलो दल बनेसँगै कांग्रेसमा दम्भ पलाए एमालेकै हालत बनाइदिने उनको चेतावनीलाई धेरैले कांग्रेससँगकाे वार्गेनिङ भनिरहेका छन् ।

  • राजनीतिक
  • राष्ट्रिय
  • समीकरण
बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.