लमजुङस्थित मध्यपहाडी लोकमार्गमा आइतबार दिउँसो भएको टिपर दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।
गोरखा नगरपालिका-१२ का २४ वर्षीय रवीन्द्र सेडाइँ, तनहुँ व्यास नगरपालिका-७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान कमाख गाउँपालिकाका २२ वर्षीय पारस शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
उनका अनुसार मृतकमध्ये तीनजनाको सोही टिपरले च्याप्दा मृत्यु भएको थियो।
धादिङ गजुरी गाउँपालिका २७ वर्षीय टिपर चालक आकाश घिमिरेको यसअघि नै पहिचान खुलिसकेको छ। उनको शव उछिटिएको अवस्थामा फेला परेको थियो।
प्रहरी र स्थानीयवासीले उनीहरूको उद्धार गरेका थिए।
साँघुरो सडक र अधिक भारका कारण दुर्घटना हुँदा टिपर सडकबाट ३० मिटर तल खसेको थियो।
सबै जना मध्यनेपालस्थित मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरहरु रहेको प्रहरी निरीक्षक रेग्मीको बताए।
मृतक चारजनाकै शव परीक्षणका लागि तनहुँको दमौली अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ।
मध्यनेपालस्थित भोर्लेटारबाट सोही पालिका-७ तर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको थियो।