×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ७. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ८. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

बालेनलाई मिडियाको बालमतलब , बालेनमा मात चढ्न थालेको भन्दै चर्को आलोचना ! के होला सत्यता ??


घटना बिहीबार दिउँसोको हो । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुन लागेका बालेन्द्र शाह पछिल्लो मतगणनाको अवस्थाबारे बुझ्न मतगणनास्थल राष्ट्रिय सभागृह पुगेका थिए ।

त्यहाँ उनले आफ्ना केही शुभेच्छुकहरुसँग सेल्फी खिचे । त्यो देख्नासाथ अघि कतिबेलादेखि भोक र तिर्खा पनि नभनी कुरेर बसेका सञ्चारकर्मीहरुले उनीतिर क्यामेरा सोझ्याए । मेयरमा निर्वाचित भइसकेपछि गर्ने कामहरुका बारेमा प्रतिक्रिया लिन खोजे । उनीतिर माइक अघि बढाए ।
तर, बालेनले ती सञ्चारकर्मीहरुलाई देखेको नदेख्यै गरे । राजशी शैलीमा फटाफट अघि बढे र आफ्नो सेतो रङको कारभित्र पसे । लगत्तै कारको सिसा लगाएर सभागृह परिसरबाट बाहिरिए । सञ्चारकर्मीहरु उनको शैली देखेर हेरेको हे¥यै भए ।

यो त भयो बिहीबारको घटना । केही दिनअघि हिमालय टेलिभिजनका पत्रकारलाई पनि उनले त्यसै गरी उपेक्षा गरेका थिए । ती पत्रकारले पछिल्लो मत परिणामबारे प्रतिक्रिया लिन खोज्दै गर्दा उनी उपेक्षापूर्वक त्यसैगरी हिँडेका थिए ।

केही घन्टामै त्यो भिडियो भाइरल भयो । त्यससँगै बालेनमा मात चढ्न थालेको भन्दै चर्को आलोचना भयो । केही शुभेच्छुकहरुले चाहिँ तनावका कारण प्रतिक्रिया दिन नचाहेको हुनसक्छ भन्ने धारणा राखेका थिए ।

विजय सुनिश्चित भएसँगै बालेनमा एकएक यस्तो बदलाब किन आयो त ? के उनमा विजयको उन्माद चढेको हो ? के उनी राजनीतिक दलका राजनीतिक नेताहरु झैं बेमतलवी हुन थालेका हुन् ? उनको यसखाले गैरजिम्मेवारपूर्ण व्यवहारले उनका बारे अनेक खाले प्रश्न उत्पन्न भएका छन् ।

जब कि मतदान हुनुअघिसम्म उनी यस्ता थिएनन् । उनी अन्तर्वार्ताका लागि बोलावट हुने हरेक सञ्चारगृहमा पुग्थे । ठूलाखाले वा सानाखाले मिडिया भनेर भेदभाव गर्दैनथे । सबै सञ्चारमाध्यमहरु प्रति समभावको व्यवहार गर्थे । पत्रकारहरुले कडाभन्दा कडा प्रश्न सोध्दाखेरि पनि विनम्र शैलीमा प्रस्तुत हुन्थे ।

एकजना विश्लेषकको भनाइमा बालेनालाई मिडियाले उचालेरै यो अवस्थामा पु¥याएको हो । त्यो गुन सम्झेर पनि अहिले उनले आफ्नो चरित्र नबदल्नु पर्ने हो । तर पछिल्ला व्यवहार हेर्दा उनमा मात चढेको देखिन्छ ।

खासमा चुनावी प्रचारका दौरान मिडियाकर्मीहरुले उनका एजेण्डालाई हेरेर साथ दिएका थिए । त्यो साथले उनलाई बढीभन्दा बढी मतदाताको नजरमा पुग्न मद्दत पुग्यो । देश विदेशमा रहेकाहरुले उनका एजेण्डाहरुका बारेमा जान्न पाए । अन्ततः मिडियाले दिएको त्यो साथ र सहयोग नै मतमा रुपान्तरित हुन पुग्यो ।

मिडियालाई बढीभन्दा बढी उपयोग गर्ने र साथ लिने बालेनको नीतिकै कारण सुशील थापा, सुमन सायमी, प्रेमसागर कर्माचार्यजस्ता योग्य कतिपय उम्मेदवारहरु ओझेल परे । बालेनको लोकप्रियता एकाएक चुलियो । उनका सामु अरु सबै फिक्का सावित भए ।

आखिर उनी किन फेरिए ? एक पुराना पत्रकार भन्छन्, “ उनले अहिले प्रतिकृया नदिउँ । बिजय घोषणा भएपछि बोलुँला नि” भनेर पनि त ती मिडियाकर्मीलाई चित्त बुझाउन पनि सक्थे ! “यो मेरो जीतमा तपाईंहरुको साथ र सहयोगको पनि महत्वपूर्ण भूमिका छ, त्यसका लागि हृदयदेखि आभार प्रकट गर्छु” भनेर उल्टै प्रशंसा पनि त गर्न सक्थे !

तर, यी सब कुरा नगरी पूरै उपेक्षा गरेर हिँडेको देख्दा उनमा राजशी उन्माद चढेको प्रष्ट बुझ्न सकिन्छ । उनको व्यवहारले उनी पनि अरु नेताहरुभन्दा भिन्न अर्थात् नेपाली जनताले खोजेको सर्वप्रिय पात्र बन्न सक्दैनन् कि भन्ने आशंका उत्पन्न भएको छ ।

यद्यपि उनले थाहा नपाएको कुरा के हो भने चुनावका बेला मिडियाहरुले उनलाई जसरी खुलेर साथ र सहयोग दिएका थिए, कुनै पनि दिन त्यो साथ र सहयोग बिरोधमा बदलिन बेर लाग्दैन । त्यो बेला उनी टेक्ने न समाउने अवस्थामा पुग्ने छन् ।

आजको प्रेस

  • उम्मेद्वार
  • काठमाडौँ महानगर
  • बालेन्द्र शाह
  • मेयर
बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

भर्खरै

  • १.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • २.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ३.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ७.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ८.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.