जेठ ७ , चितवन ।भरतपुर महानगरपालिकाको जारी मतगणनामा रेनु दाहालले आफ्नो अग्रतालाई झन् झन् बढाउँदै लगेकी छन् ।पछिल्लो विवरण अनुसार रेनु दाहाल र विजय सुवदी बिच मतान्तर ६५४० रहेको छ ।
कुल ७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ तथा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।
भरतपुरको अहिले सम्म १६ वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ,४, ५ , ६ ,८ ,१०,१४,१५,१६ गरेर १० वटा वार्ड जितेको छ भने एमालेले ३,११,र १२ गरेर तिन वटा वार्ड जितेको छ ।यस्तै समाजवादीले ७ र ९ गरेर २ वटा वार्ड जितेको छ भने नेकपा माओवादी केन्द्र एक मात्र वार्ड १३ जितेको छ ।