काठमाडौं : काठमाडौं महानगरको मतगणना चलिरहँदा वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४८ भोट ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ । यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमील पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।
वडा नम्बर ८ मा सिर्जना अगाडि
यस्तै काठमाडौंको वडा नम्बर ८ को पनि मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदो १९५ भोट ल्याएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।