×
शुक्रबार, असार ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • १०. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

२८ वर्षीय भरत जाेशी बने मेयर, भन्छन्- “मैले काम गरे भाेलि अर्को युवाले पनि आँट गर्छ”


डडेल्धुराकाे पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जाेशी निर्वाचित भएका छन्।जाेशी बलिया प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई हराउँदै मेयरमा विजयी भएका हुन्।

जाेशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए।जाेशी माललाई १ सय ३६ मतले पछि पार्दै मेयरमा विजयी हुन सफल भए।
नगरपालिकाका १२ नम्बर वडाकाे मतणनाका क्रममा जाेशी र मालबीच निकै प्रतिस्पर्धा थियाे। यस्तै, उनीसँगै अघिल्लो चुनावमा नगरपालिका-७ नम्बर वडामा चुनाव जितेका एमालेका केशव बाेहरा पनि प्रतिस्पर्धामा थिए।

उनी भने २ हजार ६ सय ६ जति मत ल्याएर तेस्रो भएका छन् यस्तै नगर उपप्रमुखमा माओवादीकी विमला महताले ५ हजार ८ सय ८५ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ४ हजार ५९३ र एमालेका उम्मेदवारले ३ हजार २ सय ९६ मत प्राप्त गरेर पराजित हुन पुगे।

कतिपय स्थानीय तहमा सत्तारूढ गठबन्धनले तालमेल गरेर चुनावी लडे पनि यहाँ भने कांग्रेस, एमाले, माओवादीले एक्लाएक्लै चुनाव लडेका थिए। २०७४ काे चुनावमा कांग्रेसका भिमबहादुर साउँदले मेयरमा जितेका थिए।

जाेशीकाे जितसँगै यस पटक पनि पर्शुरामकाे प्रमुखमा कांग्रेसले नै नेतृत्व लिएकाे छ। कांग्रेसको १४ औं महाधिवेशनम नगरपालिकामा सभापति जितेका थिए।
वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका जोशीले त्यसअघि वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै नगर सभापतिमा चुनाव जितेका थिए।

नगरसभापति बनेपछि उनले यस निर्वाचनमा मेयरका लागि चुनाव लड्न उम्मेदवारी दर्ता गराएका थिए।जोशी राजनीतिको पुरानो ढर्रालाई परिवर्तन गरेर युवाले देश हाँक्न सन्देश दिन राजनीतिमा प्रवेश गरेर स्थानीय तहकाे नेतृत्व लिएको बताउँछन्।

‘मैले पार्टीकाे नगरसभापति जितेपछि काम गरेर देखाउने हाे भनेकाे थिए, राजनीतिलाई फाेहाेरी खेलका रूपमा नभई, काम गरेर देखाएपछि राजनीतिलाई हेर्ने दृष्टिकोण फरक हुन्छ, युवाकाे मनमा गाउँ, समाज, राष्ट्रकाे जिम्मेवारी बहन गराउने इच्छाभाव जाग्छ। मैले काम गरे भाेलि अर्को युवाले पनि आँट गर्छ,’ उनले भने।

राजनीतिमा आउने भनेकाे पैसा कमाउन मात्रै हुन् भन्ने साेचलाई उनले काम गरेर परिवर्तन गर्ने बताए।काेराेनामा घर फर्केका उनले गाउँकाे सामाजिक र पूर्वाधार विकास गर्न महत्त्वपूर्ण एजेन्डामा पनि बनाएका छन्। गाउँमै एसएलसीसम्म पढेका उनले आइएससी पढ्न महेन्द्रनगर र बिएससी पढ्न काठमाडौं गए। बिएससी फिजिक्स त्रिचन्द्र कलेजबाट गरेपछि तीन वर्षे मास्टर्स चीनबाट गरे।

अध्ययनका लागि २०१६ देखि २०१९ सम्म उनी चीनमा थिए।स्कुले जीवनदेखि नै समाजसेवामा चासो देखाउने भरत जुनियर रेडक्रस सर्कल हुँदै सामाजिक क्षेत्रमा आए।

राजनीति गर्न भने उनले त्रिचन्द्र क्याम्पसमा सिकेका हुन्। २०६८ मा त्रिचन्द्रमा नेविसंघको सदस्य भए।आफ्नो नगरका जनताले दिएकाे जिम्मेवारीलाई हरदम पूरा गर्न लागि पर्ने उनकाे लक्ष्य छ। ‘मेयर बन्दा खुसी र डर दुबै छ, काम गरेर देखाउने हाे,’ उनले भने।

  • २८ वर्षीय
  • बने मेयर
  • भरत जाेशी
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै
मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै
आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

  • २.
    मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ४.
    देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

  • ५.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • ७.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.