बारा : बाराको कलैया उपमहानगरमा एमालेलाई अग्रता छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार विनोदप्रसाद साहले ९ हजार १ सय ९० मत प्राप्त गर्नु भएको छ ।
नेपाल कांग्रेसका उम्मेदवार राजेश राय यादवले ६ हजार १ सय ६९ मत पाउनु भएको छ ।
यस्तै उपमेयरमा जसपाका प्रमोदप्रसाद गुप्ता अगाडि हुनुहुन्छ । उहाँले ६ हजार ८ सय ९३ मत पाउँदा एमालेका रौशन परविनले ६ हजार २ सय ९४ मत पाउनु भएको छ।