• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. यस्तो छ आजको मौसम

देशको राजनीति नै जबजको धारबाट अघि बढेको छ: नेता अधिकारी

दासढुंगा, चितवन : नेकपा (एमाले) स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले देशको राजनीति नै जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को धारबाट अघि बढिरहेको बताउनु भएको छ । नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसको अवसरमा आज दासढुंगामा आयोजित कार्यक्रममा उहाँले मदनको विचार तीन दशको अभियानमा  सफल सिद्ध भएको बताउनु भएको हो ।

मदन भण्डारी फाउण्डेशन चितवनको आयोजना र नेकपा (एमाले) चितवनको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले जेठ ३ गते पीडादायी दिनका रुपमा आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मदन भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनमा माक्र्सवादलाई सिर्जनात्मक रुपले प्रयोग गर्ने पहिलो कम्युनिष्ट नेता हो ।”

उहाँले मदन नेपाली राजनीतिका नविन विचारक भएको बताउँदै भन्नुभयो “मदनले अघि सारेको जनताको बहुदलीय जनवादले नेकपा एकालेलाई मात्रै स्थापित गरेन नेपालको सिंगो कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय आन्दोलनका रुपमा अगाडि बढायो ।” नेपालको राजनीतिमा आमूल परिवर्तन सम्भव भएको बताउँदै अधिकारीले भन्नुभयो “त्यो मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नै यो सम्भव भएको हो ।”

नेपालको जनवादी आन्दोलन मौलिक ढंगले सम्पन्न भएको र वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्दै गरेको भन्दै उहाँले भन्नुभयो “समृद्धि नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य अगाडि सारेर समाजवादको आधार निर्माण गर्ने दिसातर्फ हामी अघि बढ्दैछौं । यो बहुदलीय जनवादकै मार्गदर्शनमा अघि बढ्दै छौं ।” मदनलाई नेपाली राजनीतिमा सफल नेताका रुपमा नेपाली जनताले सदासदा स्मरण गर्ने उहाँले बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “एक पटक दासढुंगामा उभ्भिएर सम्मान र स्यालुट गर्न चाहन्छौं । उहाँले देखाएको यो बाटोमा अघि बढ्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौं ।”

कुशल संगठन जीवराज आश्रित नेपाली राजनीतिका अत्यन्तै असल र सच्चा कम्युष्टि भन्दै एमाले नेता अधिकारीले भन्नुभयो “उहाँ आदर्श संगठकका रुपमा सम्झने गर्दछौं ।” मदन र आश्रित नेपाली राजनीतिका सर्वाधिक प्रभाव पार्ने नेताहरु भएको बताउँदै उहाँले भन्नुभयो “उहाँहरुकै कारण नेकपा ९एमाले० यो देशको एउटा मुख्य र भविष्य बनाउने पार्टीका रुपमा स्थापित भईरहेको छैन, देशको राजनीति नै मदनले अघि सारेको जबजको धारबाट अघि बढिराखेको छ ।”

कार्यक्रमका अध्यक्ष एवं फाउण्डेशनका जिल्ला अध्यक्ष डा। तिलचन्द्र भट्टराईलले निर्वाचनको मतगणना चलिरहँदा छोटो समयमा कार्यक्रम आयोजना गरिएको बताउँदै भन्नुभयो “प्रतिस्पर्धाबाट उत्कृष्टता हासिल गर्ने, समाजलाई परिवर्तन गर्ने जुन मदनको चाहना थियो, त्यस अनुसार जबजलाई लिपिबद्ध गरेर अघि बढाउनु भएको थियो । त्यसका सकारात्मक भन्दा नकारात्मक पक्षहरु अघि बढ्दै गएको हो कि भन्ने प्रतीत भएको छ ।” अरु राजनीतिक दलहरुले स्वच्छ प्रतिस्पर्धाको बाटो छोडेर अर्कै बाटोतर्फ जान खेजेको भन्दै डा। भट्टराईले भन्नुभयो “त्यसलाई सही बाटोमा लिएर अघि बढ्नु पर्छ ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सीता पौडेल, पोलिटब्यूरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार विजय सुवेदी, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उपस्थित हुनुहुन्थ्यो ।

फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य दावा लामा, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी ढकाल, प्रदेश कमिटी सदस्य एवं कालिका नगरपालिकाका मेयर गोपी श्रेष्ठ, राप्ती नगरपालिकाका मेयरका उम्मेदवार गोविन्दप्रसाद कँडेल, पुराना कम्युनिष्ट नेता यमुनाप्रसाद न्यौपाने लगायतको उपस्थिति थियो ।

सो अवसरमा उहाँहरुले दासढुंगामा रहेको मदन र आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको थियो । बि।सं। २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं। २९ दासढुंगामा रहस्यमय जीप दुर्घटना हुँदा जननेता भण्डारी र कुशल संगठन आश्रितको निधन भएको थियो । फाउण्डेशन चितवनले दासढुंगा र मदनको शव प्राप्त भएको गाँजीपुरलाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गर्दै आईरहेको छ ।’

narayanionline

  • अघि बढेको छ
  • जबजको धारबाट
  • देशको
  • नेता अधिकारी
  • राजनीति
मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.

  • ६.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ७.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.