राप्ती : राप्ती–१२ को अध्यक्षमा कांग्रेसका अर्जुन प्रजा ५७१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार हरिबहादुर तामाङले ३८४ र एमालेका धर्मजित तमाङले १७३ मत मात्रै प्राप्त गरे ।
वडा सदस्यमा खुलातर्फ कांग्रेसका अशोककुमार जिम्बा, जितबहादुर प्रजा, महिला सदस्यमा कांग्रेसकी इन्द्रमाया स्याङतान र दलित महिला सदस्यमा कांग्रेसकै सूर्यमाया कामी निर्वाचित भए ।