३१ वैशाख, ताप्लेजुङ
पाँच दलीय गठबन्धनलाई पराजित गर्दै ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न भएको मतगणना परिणाम अनुसार एमालेका सुर्य ध्वजावहाक उम्मेदवार मनोज तुम्वहाम्फेको प्यानल नै विजयी भएको हो । सदस्यहरूमा भीमकुमार शेर्पा, नरध्वज लिम्बु, याङ्दे शेर्पा र दिलकुमारी बिक विजयी भएका छन । वडामा नेकपा एकीकृृत समाजवादीका उम्मेदवारहरू नेपाली कांग्रेसको रूख चिन्हबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।
प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार ०९:२४