• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

माधव नेपालका गाउँपालिका अध्यक्ष उम्मेदवार भूपनारायण एमालेमा फिर्ता


दमक : गौरीगञ्ज गाउँपालिकामा अध्यक्षका उम्मेदवार बन्नुभएका भूपनारायण राजवंशी एमालेमै फर्कनुभएको छ । माधवकुमार नेपालको समूह र उम्मेदवारी त्यागेर उहाँ एमालेमै फर्कनुभएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी उहाँले एमालेमै फर्किएको घोषणा गर्नुभएको हो ।

भूपनारायण गौरीगञ्जका लोकप्रिय नेता मानिनुहुन्छ । गौरीगञ्जका जनतामा लोकप्रिय रहे पनि उहाँ संलग्न रहनुभएको समूहको भने गौरीगञ्जमा प्रभाव थिएन । भूपनारायण पनि एमालेमा फर्कनुभएपछि गौरीगञ्जमा माधव समूहको अस्तित्व साइनबोर्डमा समेत नरहने अवस्था सिर्जना भएको छ ।

झापाका कतिपय ठाउँमा माधवको समूहले उम्मेदवार उठाएको छ ।

नेकपा एमाले फर्किएपछि भूपनारायणले एक विज्ञप्ति जारी गर्नुभएको छ । विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :–

म भूपेन्द्रनारायण राजवंशीलाई गौरीगञ्ज गाउँपालिकाका जनताले गर्नुभएको अपार समर्थनलाई हार्दिक अभिनन्दन गर्दछु । मैले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । मेरो उम्मेदवारीलाई गाउँपालिकाका जनताले दिनुभएको समर्थनबाट म अति नै उत्साहित भएको छु ।

आदरणीय गौरीगञ्जवासी नागरिकहरु,

१) यो निर्वाचनमा म व्यक्तिगत रुपमा निर्वाचित हुने नै थिएँ । तर, म एकजना व्यक्ति निर्वाचित हुनु या पराजित हुनु समग्र राष्ट्रिय राजनीतिका लागि कुनै ठूलो कुरा होइन । यो निर्वाचनमा कुन पार्टी निर्वाचित हुन्छ भन्ने नै मुख्य कुरा हो । म एकजना व्यक्ति निर्वाचित हुने तर आफू लागेको पार्टी चाहिँ समाप्त हुने कुरा मलाई मान्य भएन । मलाई पार्टीमा नै लागेको छु भन्ने लागेको थियो तर समयक्रमले म संलग्न भएको पार्टी वास्तवमा पार्टी नभएर नेपाली कांग्रेस र माओवादी केन्द्रले सिर्जना गरेको एउटा गिरोह मात्र रहेछ ।

२) नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तराष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन ।

३) म एक इमानदार जनसेवक कम्युनिष्ट हो । म सत्य र तथ्य सदैव स्वीकार गर्दछु । म जनतालाई स्वीकार गर्दछु । म संलग्न रहँदै आएको माधव नेपालजीको समूहले मलाई सहित धेरैजना कमरेडहरुलाई भ्रममा पार्दै आयो । गुमराहमा पार्दै आयो । सत्य के रहेछ भने नेपाल र नेपाली जनताको सच्चा सेवक पार्टी नेकपा एमाले नै रहेछ । नेकपा एमालेको निर्माणमा मेरो पनि रगत पसिना सिंचित भएको गौरीगञ्जवासी जनतालाई थाहा भएकै कुरा हो । सही बाटोमा नेकपा एमाले नै छ भनेर गौरीगञ्जवासीले भनिरहेकै हुन् । जनताको इच्छा, राष्ट्रिय राजनीतिको आवश्यकता, गौरीगञ्जवासीको विकास निर्माण र समृद्धिको चाहना मुताबिक म आफ्नो प्यारो पार्टी नेकपा एमालेमै समाहित भएको घोषणा गर्दछु ।

४) नेपाली जनता तथा गौरीगञ्जका जनताले नेकपा एमाले र यसका नेतृत्वकर्ता केपी शर्मा ओलीले विगतमा गर्नुभएको कामको वर्णन गरिरहेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरु गरेको छ । यो तथ्यलाई ढाकछोप गर्ने प्रयास कांग्रेसले गर्नुलाई म अन्यथा ठान्दिन । तर, माधवकुमार नेपाल तथा प्रचण्डजीहरुले समेत निजी स्वार्थ र कुण्ठाबाट प्रेरित भई केपी शर्मा ओली तथा नेकपा एमाले विरुद्ध भ्रम फैलाउने अभियान चलाइरहनुभएको छैन । सत्यको ढाकछोप गरेर मिथ्याको पक्ष लिन मैले सकिनँ । त्यसैले आफ्नो प्यारो पार्टी नेकपा एमालेमै समाहित भएको घोषणा गर्दछु ।

५) भ्रममा परेर, बाटो बिराएर नेकपा एमालेबाट बाहिरिनुभएका समस्त साथीहरुलाई केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमै फर्कन हामी आव्हान गर्दछौं ।

आदरणीय गौरीगञ्जवासी तथा समस्त नेपाली जनताहरु,

म के अपिल गर्दछु भने यो स्थानीय चुनाव सत्य र झुठ बीचको लडाई हो, सत्य र असत्य बीचको लडाई हो । सत्य र असत्य बीचको लडाई पर्दा म जस्तो जनसेवक राजनीतिकर्मीले असत्यको पक्ष किमार्थ लिन सक्दिनँ । त्यसैले मैले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने घोषणा गरेको छु ।

गौरीगञ्जका जनतालाई म पटक्कै भ्रममा नपर्न अपिल गर्दछु । गौरीगञ्जका जनताको हित, गौरीगञ्जको विकास र समृद्धि नेकपा एमालेको नेतृत्वबाट मात्र सम्भव छ भन्ने ठहर म तथा मेरा सहकर्मी कमरेडहरुका रहेको छ । त्यसैले हामी उम्मेदवारी त्याग गरेर नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछौं । नेकपा एमालेको अब निर्वाचित हुने टिम मार्फत हामी गौरीगञ्जको विकास निर्माण र समृद्धिमा लागिपर्ने छौं ।

स्थानीय तहको चुनावमा सूर्य चिन्हमा मतदान गरेर विकासप्रेमी, जनप्रेमी पार्टी नेकपा एमालेलाई विजयी बनाउन हार्दिक अपिल गर्दछौं ।

नेकपा एमाले जिन्दावाद ।

राजनेता केपी शर्मा ओली जिन्दावाद ।

गौरिगञ्जका जनता जिन्दावाद ।

नेपाली जनता जिन्दावाद ।

सूर्य चिन्ह जिन्दावाद ।

  • अध्यक्ष
  • उम्मेदवार
  • एमालेमा फिर्ता
  • भूपनारायण
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.