Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

६ महानगरपालिकामा मेयरका उम्मेदवार, कसले मार्ला बाजी ?


चितवन : मुलुकमा संघीय शासन आएसँगै ६ वटा महानगरपालिका बनेका छन् ।

अन्य स्थानीय तहको उम्मेदवार छान्न स्थानीयलाई नै अधिकार दिए पनि महानगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट बाँडफाँडमा भने पार्टी नेतृत्वबाटै निर्णय हुन्छ ।

सोमबार सत्तारुढ गठबन्धन, नेकपा एमाले, अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले महानगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

यसपाली यसअघिको वाम गठबन्धन टुक्रिएको छ । तत्कालीन नेकपा टुक्रिएर पहिलाकै स्थितिमा नेकपा एमाले र माओवादी केन्द्र बनेका छन् भने एमालेबाट माधवकुमार नेपाल पक्ष टुक्रिएर नेकपा एकीकृत समाजवादी बनेको छ ।

अर्कोतिर, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादसहित पाँच दलीय गठबन्धन चुनावी मैदानमा छन् । यस हिसाबले यसअघिको चुनावी परीणाममा धेरै परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।

स्थानीय निर्वाचन २०७४ मा कांग्रेसले दुई, नेकपाल एमालेले दुई, नेकपा माओवादी केन्द्र एकल र संघीय समाजवादी फोरमले एक महानगरपालिका प्रमुख जितेका थिए ।

माओवादी केन्द्रले भरतपुर ,एमालेले काठमाडौं र पोखरा, कांग्रेसले ललितपुर र विराटनगर,  र संघीय समाजवादी फोरमले वीरगञ्ज महानगरपालिकाका प्रमुख जितेका थिए ।

भरतपुर महानगरपालिका

भरतपुर ,गत स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगरपालिका हो  । माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेनु दाहाललाई नेपाली काँग्रेसले सघाएको थियो ।

मत गणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो महानगरपालिका चर्चाको शिखरमा रयो ।

यसपाली पनि कांग्रेससहित पाँच दलीय गठबन्धनले दाहाललाई नै मेयरमा उम्मेदवारी बनाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राप्रपासँग गठबन्धन गर्दै नेकपा एमालेले मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा राप्रपाबाट हिमाली गुरुङ उम्मेदवार बनेकी छिन् ।

अघिल्लो निर्वाचनमा दाहालले ४३ हजार १ सय २७ मत र उनका प्रतिद्धन्द्धी नेकपाल एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

उपप्रमुखमा नेपाली कांग्रेसबाट पार्वती शाह ठकुरीले ४७ हजार १ सय ९७ भोट ल्याएकी थिइन भने नेकपा एमालेबाट दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन । भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।

काठमाडौं महानगरपालिका

महानगरपालिकामध्ये काठमाडौं महानगरपािलका सबै पार्टीको केन्द्रमा रहन्छ । सबै पार्टीले सकेसम्म ‘हेवीवेट’ उम्मेदवार उठाउन प्रयासमा रहन्छन् । काठमाडौंमा स्वतन्त्र उमेदवारको चर्चा धेरै हुन्छ ।

२०७४ को स्थानीय निर्वाचन नेकपा एमालेका तर्फबाट विद्यासुन्दर शाक्यले जितेको यस महानगरपालिकामा सत्ता पक्षको गठबन्धनले यसपाली जितको दावी गरिरहेको छ ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेको काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई उम्मेदवार उठाएको छ । त्यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, नेकपा एमालेले केशव स्थापितलाई मेयर पदमा उठाएको छ । स्थापित बागमति प्रदेश सांसद तथा यस महानगरपालिकाको पूर्वमेयर हुन् । त्यस्तै, उपमेयरमा सुनिता डंगोललाई अगाडि सारेको छ ।

त्यस्तै, र्यापर बालेन शाहले पनि स्वतन्त्र उम्मेदवारका रुपमा उमेदवार दर्ता गरेरका छन् । युवामाझ उनको चर्चा पनि राम्रै भइहेको छ । त्यस्तै, विवेकशील साझा पार्टीले समीक्षा बाँस्कोटालाई मेयरमा उम्मेदवार बनाएको छ ।

२०७४ मा यस महानगरपालिकामा एमाले र राप्रपाको गठबन्धन बनेको थियो । राप्रपाले उपमेयरमा उम्मेदवार दिएका थिए । प्रमुखमा विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका थिए । उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ सहित विजयी भएकी थिइन भने प्रतिद्धन्द्धी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए ।

त्यस्तै, तत्कालीन विवेशशील नेपाली दलबाट रञ्जु न्यौपाने (रञ्जु दर्शना)ले २३ हजार ४ सय ३९, साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९६, माओवादी केन्द्रका सर्वोत्तम दास डंगोलले ७ हजार ९ सय ६ र नयाँ शाक्ति पार्टी, नेपालका पवित्र बज्राचार्यले ६ हजार ५० मत पाएका थिए ।

ललितपुर महानगरपालिका

काठमाडौं उपत्यकाकै अर्को महानगरपालिका ललितपुर महनगरपालिकामा पनि प्रमुख र उपप्रमुखको निर्वाचत पुनः कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस महानगरपालिकाका प्रमुखका दावेदार पुरानै अनुहार हुने भएका छन् ।

२०७४ मा नेपाली कांग्रेसका तर्फबाट झिनो मतले मेयर पद जितेका चिरिबाबु महर्जनले कांग्रेसका तर्फबाट पुनः टिकट पाएका छन् । उनी सत्तारुढ पाँच दलीय गठबन्धनको सहयोग छ ।

नेकपा एमालेले पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाएको हरिकृष्ण व्यञ्जनकारलाई पुनः टिकट दिएको छ ।

२०७४ सालको निर्वाचनमा महर्जनले २४ हजार ६४२ मत प्राप्त गर्दै व्यञ्जनकारलाई ३३६ मतले पराजित गरेका थिए । त्यस्तै, उपप्रमुखमा पनि कांग्रेस उम्मेदवार गीता सत्यालले १९ हजार ८१९ मत ल्याएर विजयी भएकी थिइन । साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० ल्याएकी थिइन ।

बिराटनगर महानगरपालिका

कोइराला परिवारको ठाउँ भनेर चर्चित प्रदेश एकको एकमात्र महानगरपालिका बिराटनगर महानगरपालिकामा पनि चुनावी सरगर्मी उच्च भएको छ ।

यसअघि पनि प्रमुख र उपप्रमुख हात पारेको कांग्रेसले यसपाली महानगरको प्रमुखमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ । नागेश नेपाली कांग्रेस मोरङका उपसभापति हुन् ।

उपमेयरमा उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्री प्रल्हाद शाहलाई मेयरमा उठाएको छ ।

विराटनगर महानगरका वहालवाला मेयर भिम पराजुलीले समेत मेयरमा दाबी गरेका थिए । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पराजुलीको पक्षमा लबिङ गरेका थिए । विराटनगरको टिकट शेखर पक्षलाई दिने निर्णय भएपछि पराजुलीले टिकट पाएनन् ।

यस महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरमा सागर थापा उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै, उपमेयरमा शिल्पा कार्कीलाई उठाएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा दुई गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका मेयर उमेदवार भीम पराजुली विजयी भएका थिए । उनले २३ हजार ३१ मत ल्याएर विजयी भएका थिए । उपप्रमुख पनि नेपाली कांग्रेसले नै जितेको थियो ।

त्योबेला यस महानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भएको थियो । एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन बनेको थियो भने माओवादी केन्द्र र संघीय समाजवादी फोरम बीच पनि गठबन्धन बनेको थियो ।

वीरगन्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ ।

सत्तारुढ गठबन्धनको भागबन्डअनुसार जनता समाजवादीका तर्फबाट मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाइएको छ । उपमेयरमा नेपाली कांग्रेसबाट इम्तियाज आलमलाई उम्मेदवार बनाएको छ ।

एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । केही समयअघि नेकपा एमालेमा प्रवेश गरेको सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

दुई दलको तालमेलअनुसार उपप्रमुखमा लोसपाका पुरुषोत्तम झाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, राप्रपाले पत्रकार गिरिष गिरीलाई मेयर पदमा उठाएको छ ।

यसअघि यहाँ तत्कालीन संघीय समाजवादीबाट विजयकुमार सरावगी १९ हजार ३ सय ९३ मत पाएर विजयी भएका थिए । नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १ सय ९७ पाएर दोस्रो भएका थिए ।

त्यस्तै, मेयर पदमा राष्ट्रिय जनता पार्टी नेपालबाट राजेशमान सिंहले १२ हजार १ सय ६५ मत ल्याएका थिए नेकपा एमालेका उमेदवार बसरुद्धिन अंसारीले ८ हजार ६ सय ८८ ल्याएका थिए ।

उपप्रमुखमा भने कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन् । तत्कालीन संघीय समाजवादी फोरमकी पिंकी देवी यादव १८ हजार ५३० मत पाएर दोस्रो स्थानमा रहेकी थिइन ।

 

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकामा गठबन्धनले नेकपा समाजवादी एसलाई मेयर र नेपाली कांग्रेसलाई उपमेयर हुनेगरी भागबण्डा गरेका छन् ।

सत्तरुढ गठबन्धतबाट मेयरमा एसबाट धनराज आचार्यले उम्मेदवारी दिएका छन् भने उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाटलाई टिकट दिइएको छ ।

नेकपा एमालेले पोखरा महानगरपालिकामा कृष्ण थापालाई मेयरमा उम्मेदवार बनाएको छ । सिक्री चोरीको आरोप लागेपछि यसअघि मेयरको टिकट पाएका दीपक पौडेललाई टिएको टिकट खोसेको थियो ।

यसअघि पनि यस महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । तर, प्रमुख तथा उपप्रमुख दुवैमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।

मेयरमा नेकपा एमालेका मानबहादुर जिसीले ६० हजार १ सय १८ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ५६ हजार ४ सय ४८ भोट ल्याएर विजयी भएकी थिइन भने नेपाली कांग्रेसकी सरस्वती गुरुङरले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन् ।

  • ६ महानगरपालिकामा
  • उम्मेदवार
  • कसले
  • मार्ला बाजी ?
  • मेयरका
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

भर्खरै

  • १.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • २.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ३.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ४.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ५.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.