लमजुङ : स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एमालेका एक उम्मेदवार विरुद्ध उजुरी परेको छ। जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको हो।
कतिला विरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदवार मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएका हुन्। केही महिना अघि न्यादी आयोजनाको सिमेन्ट ओसारपोसारका क्रममा ढाँका चोरी मुद्दामा केश परेको थियो ।
सो विरुद्धमा अदालतमा परेको मुद्दा देखाएर उनले दाबी विरोध उपरको उजुरी दिएका छन् । आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने उनले बताए। कतिलालाई अदालतले एक महिना कैद र १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ।