काठमाडौं : पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दामा नया मोड देखिएको छ । पीडित नाबालिगपछि जाहेरवाला पीडितका बुबाले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडितका बुबाले आफ्नो बयान फेरेका हुन् ।
आफूले सुनेको भरमा जाहेरी दिएको बयान दिएको भन्दै आफ्नै कुराबाट पछि हटेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् ।
पीडितका बाबुको बकपत्रमा जाहेरी आफूले नै दिएको र सबै विवरण आफैंले लेखेको भनेका छन् । तर अहिले बुझ्दै जाँदा सत्य पहिलेको भन्दा फरक भएको उनले बताएका छन् । उनले भनेका छन, ‘घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’
बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।