नायक तथा कलाकार जय किशन बस्नेत प्रकरणको विषयमा बोल्दै भन्छन्,”पल शाह प्रकरणमा अन्ततः सत्य बोलेर पल लाई बचाएकोमा म तिम्रो खुट्टा ढोग्न चाहन्छु।
”जयकिशनले पल शाह प्रकरणका क्रममा आफूले पलका न्यायका लागि विभिन्न स्थानमा पुगेका पनि थिए र आज न्याय पाउने संकेत देखिएकोमा आफू हर्षित भएको बताएका छन्।
हिजो पल शाहलाई छुटाउन र उसको न्यायका लागि लड्दा पनि निकै दिन सुत्न नपाएको र आज छुट्ने आशा देखाएकोमा पनि खुसीले निद्रा नलागेको उनले बताएका छन्।
उनले अन्तर्वार्ताका क्रममा पल शाहको वकालत गर्ने कतिपय वकिलहरूले समेत पल शाहको थर थाहा नपाएर पल थापा भनेर सम्बोधन गरिरहँदा आफूलाई यस्ता वकिलले न्याय दिने कुरामा सहयोग गर्न सक्लान् र भन्ने कुरामा आशंका उत्पन्न भएको उनले बताएका छन्।