• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

आफैंले प्रयोग गर्न सकिने यी स्वास्थ्य उपकरण र औषधिलाई घरमै राख्‍नुस्

काठमाडौं : हरेक स्वास्थ्य समस्यामा चिकित्सकको निर्णय नै अन्तिम र सत्य हुने गर्छ । तर कतिपय स्वास्थ्य समस्या सामान्य र घरमै आफैं उपचार गर्न सकिने हुन्छन् ।

आफैंले घरमा प्रयोग गर्न सकिने स्वास्थ्य उपकरण राख्न सके सामान्य उपचारकै लागि अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नुपर्दैन । यसबाट तनाव कम भई स्वास्थ्यमा केही सुधारसमेत ल्याउन सकिन्छ ।

घरमै प्रयोग गर्न मिल्ने स्वास्थ्य उपकरण

थर्मामिटर

ज्वरोको मापनका लागि थर्मामिटर आवश्यक पर्छ । पहिले मर्करीयुक्त थर्मामिटर प्रयोगमा रहेपनि विश्व स्वास्थ्य संगठनले बन्देज लगाएपछि बजारमा अहिले डिजिटल थर्मामिटर पाइन्छ । ज्वरो आएको बेला अधिकतम तापक्रम रेकर्ड गर्न सकिए यसले रोग पहिचान गर्न र त्यसबाट पार पाउन मद्दत गर्छ । थर्मामिटरको बजार मूल्य एक सय रुपैयाँदेखि सुरु हुन्छ ।

ग्लुकोमिटर

मधुमेह अर्थात् सुगर भएका बिरामीको घरमा ग्लुकोमिटर राख्ने गरिन्छ । यसबाट रगतमा सुगरको मात्रा जाँच गरिन्छ । ग्लुकोमिटरको मद्दतले डाइबिटिजका साथै अन्य रोगको जोखिमबारे सतर्कता अपनाउन सकिन्छ । यसको बजार मूल्य १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म रहेको छ ।

अक्सिजन कन्सन्ट्रेटर र नेबुलाइजर

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने विद्युतीय उपकरण हो । घरमा दमका बिरामी भए अक्सिजन कन्सन्ट्रेटर वा अक्सिजन सिलिन्डर राख्नु आवश्यक हुन्छ । अक्सिजन सिलिन्डर भन्दा कन्सन्ट्रेटर थोरै महंगो पर्छ । नेबुलाइजर राख्नसके बिरामी घरमै गम्भीर भएपनि सहज हुनसक्छ ।

अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर अक्सिजन लिने नलिनेबारे निर्णय लिन सकिन्छ । नेबुलाइजर एक चिकित्सकीय उपकरण हो । यसको माध्यमबाट तरलजन्य औषधिलाई बाफ बनाइ बिरामी तथा बालबालिकालाई खुवाउन सकिन्छ । औषधिलाई श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र पु¥याउन यसको प्रयोग गरिन्छ ।

बिरामीले सास फेर्न नसक्दा यसको प्रयोग गरेर केही राहत पाउन सकिन्छ ।

ब्लड प्रेसर सेट

धेरैजसो सर्वसाधारण ब्लड प्रेसर वा रक्तचापको समस्याबाट ग्रसित छन् । स्वास्थ्यका दृष्टिकोणले उच्च रक्तचाप र न्यून रक्तचापलाई राम्रो मानिंदैन । रक्तचाप ठीक हुनु अति आवश्यक छ ।

अहिले बजारमा डिजिटल ब्लड प्रेसर सेट उपलब्ध छ । जुन प्रयोग गर्न विशेष ज्ञानको आवश्यकता पर्दैन । सर्वसाधारणले पनि यसको प्रयोग गर्न सक्छन् । यसको मूल्य ३ हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्म पर्छ ।

वेइङ स्केल

अत्यधिक तथा न्यून तौल स्वास्थ्यका लागि राम्रो मानिंदैन । अचानक तौल बढ्नु र घट्नुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या हुन सक्छन् ।

विनाकारण तौलमा अनावश्यक घटबढ भए चिकित्सकको सल्लाह लिनुपर्छ । तौल नाप्ने वेइङ स्केलको माध्यमबाट नियमित तौल जाँच गर्न सकिन्छ । उमेर अनुसारको तौल र तौल अनुसारको उमेर नभए स्वास्थ्य परामर्श लिनु आवश्यक हुन्छ । घरमै यो मेसिन राख्दा गम्भीर प्रकृतिका रोग लाग्नुभन्दा पहिल्यै बच्न सकिन्छ ।

प्राथमिक उपचार किट

घरमा सामान्य औषधि उपचार बाहेक प्राथमिक स्वास्थ्य उपचार किट हुनु आवश्यक छ । उक्त किटमा घाउ, चोट लाग्दा प्रयोग हुने ब्यान्डेज, कटन, गज र डेटोलजन्य सामग्री हुन्छन् ।

प्राथमिक उपचार किटले बिरामी अर्थात् घाइतेलाई अस्पताल पुर्‍याउँदासम्म दुखाइ कम गर्ने, रगत बग्न नदिने तथा सहज अनुभव गराउने जस्ता काम गराउँछ । प्राथमिक उपचारका लागि चाहिने न्यूनतम सबै सामग्रीसहितको किट करिब एक हजार रुपैयाँमा पाइन्छ ।

ज्वरो र दुखाइ कम गर्ने औषधि

पारासिटामोल, आइबुप्रोफिन लगायतका ज्वरो र दुखाइ कम गर्न प्रयोग हुने सामान्य औषधि, महिनावारी हुँदा दुखाइ कम गर्ने औषधि र जीवनजल आदि औषधि घरमा राखिरहनुपर्छ ।

यस्ता औषधि घरमा हुँदा तनाव कम हुने मात्रै नभई समयको समेत बचत हुन्छ । तर यस्ता औषधिको मात्रा बढी नै चाहिएको छ भने स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।

  • औषधि
  • स्वास्थ्य उपकरण
आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • २.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    यस्तो छ आजको मौसम

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.