• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

सही आसनमा बस्न नजान्दा ढाड, पिठ्युँ वा गर्दनको दुखाइ समस्या बन्दै

सुन्दा अनौठो लाग्न सक्छ, तपाईं हामीलाई बस्न पनि आउँदैन । कुर्सीमा, चकटीमा, सोफामा, भुँइमा जहाँपनि हामी बसिरहेका हुन्छौं । तर हाम्रो बस्ने आसन मिलिरहेको हुँदैन । यसरी आसन नमिलाइ बस्दा के हुन्छ ?

हामीलाई अत्यन्तै सामान्य लाग्ने यही कुराको नतिजा भने भयानक हुन्छ । जस्तो हामी कुप्रिएर, घोप्टिएर वा ढल्किएर बस्ने गर्छौं । यसरी बस्दा हाम्रो मेरुदण्डमा असर पुग्छ । यसले हड्डीको जोर्नी फुत्किने, मासु च्यातिने, नसा च्यापिने जस्ता समस्या हुन्छ । यस्ता समस्याले हामीलाई जीवनभर थला पार्न सक्छ ।

त्यति मात्र होइन, हाम्रो बसाइ नमिल्दा शरीरका भित्री अंगहरुको सञ्चालनमा पनि अवरोध पुग्छ । फोक्सो, मुटु आदिको कार्यसम्पादन राम्ररी हुन पाउँदैन । शरीरमा पर्याप्त अक्सिजन पुग्दैन, रक्त सञ्चार राम्ररी हुन पाउँदैन । यस्तो अवस्थामा शरीर जीर्ण र रोगी हुँदै जान्छ ।

अहिले हामीकहाँ पिँठ्यु दुख्यो, ढाड दुख्यो, गर्दन दुख्यो भन्दै आउनेको संख्या धेरै छ । यस्तो समस्याले उनीहरुलाई लामो समयसम्म दुःख दिइरहेको हुन्छ । कसैको नसा च्यापिएको हुनसक्छ, कतिको मांसपेशी च्यातिएको हुन्छ, कतिको हड्डी खिइएको हुन्छ । यस्तो समस्यामा कति शल्यक्रिया गर्न हतारिन्छन् भने कति थेरापीबाट उपचार खोज्छन् ।

ढाड, पिठ्युँ र गर्दनको दुखाइ

ढाड, पिठ्युँ वा गर्दनको दुखाइ अहिले आम समस्या बन्दै गएको छ । आखिर के कारणले यस्तो समस्या बढिरहेको छ ?

खासमा भन्ने हो भने यो कुनै जन्मजात रोग होइन । यो सरुवा रोग पनि होइन । यो रोगको जन्मदाता हामी स्वयं हौं । हामी आफैंले पैदा गरेको समस्या हो यो । हाम्रो खानपान, बसाइ वा समग्रमा हाम्रो जीवनपद्धतिले नै यस्तो जटिलता निम्त्याइरहेको छ ।

हाम्रो प्रवृत्ति के हुन्छ भने, ऐशआराम खोज्ने । बसीबसी खान पाए हुन्थ्यो भन्ने सोच्छौं । शारीरिक काम गर्न जाँगर चल्दैन । गाडी, मोटरसाइकलमा यात्रा गर्छौं । किनभने हामीलाई हिँड्न अल्छी लाग्छ । बिहान–साँझको समय सोफामा ढल्किएर फेसबुक, युट्युब आदिमा घण्टौं बिताइदिन्छौं । यस किसिमको जीवनपद्धति नै अहिले रोगको कारण बनिरहेको छ ।

एकातिर शारीरिक गतिविधि कम हुँदै गएको छ भने अर्कोतिर खराब खानपानको बानी परेको छ । व्यायाम गर्ने, योग ध्यान गर्ने प्रवृत्ति छैन । जिब्रोको लागि भन्दा पनि शरीरको लागि खाना रोज्ने प्रवृत्ति छैन । यी कारणले अन्ततः हाम्रो शरीर जीर्ण बनाउँदै लगेको छ ।

हाम्रो अज्ञानता, लाचारीले नै यो रोग पैदा भएकाले यसको उपचारका लागि पनि हामी स्वयंको प्रयास जरुरी हुन्छ ।

अब के गर्ने त ?

चिकित्सा विज्ञानमा एउटा भनाइ छ, रोग लागेर उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । ढाड, पिठ्युँ, गर्दनको दुखाइ भनौं वा यस्तै अरु रोगबाट बच्नका लागि अनुशासित दिनचर्या जरुरी हुन्छ । यसको अर्थ हाम्रो सुत्ने, उठ्ने, खाने, बस्ने, काम गर्ने तालिका नियमित र सही हुनुपर्छ ।

स्वस्थ, ताजा र सुपाच्य खानपान गर्नुपर्छ । व्यायाम, योग, ध्यानलाई दिनचर्याको हिस्सा बनाउनुपर्छ । पुग्दो पानी पिउने, मौसमी सागपात खाने जस्ता कुराले निरोगी जीवन बाँच्न सहयोग गर्छ ।

काम गर्दा पनि स्वास्थ्यप्रति सजग हुनुपर्छ । जस्तो कुनै शारीरिक काम गरिरहेका छौं भने त्यो काम कसरी गर्दा उचित हुन्छ भन्ने थाहा हुनुपर्छ । मानौं, गह्रौं भारी उचाल्नुपर्‍यो भने निहुरिएर हातको बलले भारी उठाउने बानी ठीक होइन । यसो गर्दा मेरुदण्डलाई असर गर्छ । जोर्नीलाई असर गर्छ । भारी उठाउँदा मेरुदण्ड भने सकेसम्म सोझो राख्ने गर्नुपर्छ ।

धेरै समय उभिनु र लामो समय हिंड्नु पनि ठीक होइन । बेलाबखत विश्राम लिनु जरुरी हुन्छ । एकै स्थानमा एउटै पोजिसनमा लामो बस्नु त अरु घातक हुन्छ । त्यसैले बसेका ठाउँमा सूक्ष्म व्यायाम गर्न सकिन्छ । हात–खुट्टा तन्काउने, शरीर तन्काउने, उठ्ने र केही पाइला हिंड्ने अभ्यास उपयुक्त हुन्छ ।

के छ उपचार पद्धति ?

रोग लाग्न नदिनु राम्रो हो । तर यो कुरा थाहा हुँदाहुँदै पनि हामीलाई रोगले च्याप्न सक्छ । यस्तो अवस्थामा उपचार खोज्नु नै पर्छ ।

ढाडको दुखाइ लगायतका समस्यामा कतिपय शल्यक्रिया गर्न खोज्छन् । शल्यक्रिया गर्नुपर्ने अवस्था पनि नआउने होइन, तर फिजियोथेरापी लगायत प्राकृतिक विधिबाट पनि यी समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

  • बस्न नजान्दा
  • लाग्छ जटिल रोग
  • सही आसनमा
मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.