×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ५. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ६. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा सुरु, ६७ समूहबीच प्रतिस्पर्धा


काठमाडौं : ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सव शुभारम्भ गरे ।

विभिन्न जातजाति, भूगोल, धर्म संस्कृतिमा गाइने लोक संगीत देशको अमूल्य सम्पत्ति भएको उनले बताए । वनजंगल, रोधी, विवाहमा गुञ्जने लोकदोहोरी अन्तर्राष्ट्रियकरण हुँदै गएको उपराष्ट्रपति पुनले बताए ।

 

‘लोकदोहोरी संगीतले व्यावसायिक रुप पनि लिइरहेको छ,’ पुनले भने, ‘यसबाट भन्न सक्छौं हाम्रो चिनारी, हाम्रो गौरवको रुपमा रहेको लोकदोहोरी गीत अन्तर्राष्ट्रियकरण भइरहेको छ ।’

दोहोरीगीत सुन्दा जस्तो आनन्द, रोमाञ्चकता र उत्सुकता अरु गीतमा नहुने उनको भनाइ थियो । पाँच दिनसम्म चल्ने महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्म्स इन्डष्ट्रिजले आयोजना गरेको हो ।

 

विभिन्न जातजातिको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्‍याली माइतीघरदेखि सुरु भई टँुडिखेलमा पुगेपछि महोत्सव सुरु भएको थियो । महोत्सवको पहिलो दिन विभिन्न लोकभाकाका गायक-गायिकाले प्रस्तुति दिए ।

पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुञ्जिएको थियो । उपराष्ट्रपतिकै आग्रहमा बागलुङ र म्याग्दी जिल्लामा गाइने लोपोन्मुख यानीमाया भाकासँगै रोल्पा जिल्लातिर गाइने मौलिक लोकभाका ‘साइँला बरै’समेत टुँडिखेलमा प्रस्तुत गरियो ।

वीरन्द्रकुमार झाले मैथिली गीत प्रस्तुत गरे भने कमलीकान्त भेटवालले पूर्वेली गीत प्रस्तुत गरे । मणिराम करिया मगरियाले थारु गीत गाए भने सरोज लामिछाने र रामकुमार नेपालीले काँठे लोकभाका पस्किए ।

नन्दकृष्ण जोशी र पुष्पा बोहोराले देउडा भाका गाए भने टीका बमजनले तामाङ सेलो गीत गाए । महोत्सवको पहिलो दिन लोकगीतमा योगदान दिने अग्रज कलाकारलाई सम्मान समेत गरिएको थियो ।

देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक धु्रवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, अग्रज गायिका तीर्थकुमारी थापा, मैथिली गायक वीरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मरविरही गुरुङलाई सम्मान गरिएको थियो ।

स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानियाँ, जंगबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरियो । देशभरबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ । त्यस्तै द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ ।

पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा छन् ।

अमृत खाती, मीना मैयाँ थापा, भीमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको छ । महोत्सवमा उत्कृष्ट गायक-गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नवप्रतिभा पुरस्कार समेत प्रदान गरिने भएको छ ।

  • ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’
  • ६७ समूहबीच
  • टुँडिखेलमा सुरु
  • प्रतिस्पर्धा
आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ५.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.