• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आज ‘रामनवमी’ पर्व, देशभरि मनाइँदै

काठमाडौं : चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको थियो । ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको थियो ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ ।

सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिनुभएको हो । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले बताउनुभयो ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने जनाइएको छ ।

  • ‘रामनवमी’ पर्व
  • देशभरि
  • मनाइँदै
  • श्रद्धा र भक्तिपूर्वक
आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.