चितवनमा फूड फेष्टिवल हुने भएको छ । चितवनको सौराहामा नयाँ वर्षको अवसरमा फूड फेष्टिवल हुने भएको हो ।
फेष्टिवल रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान) को आयोजनामा हुन लागेको हो ।
शुक्रबार रेवानले पत्रकार सम्मेलन गरेर यही चैत ३० गते देखि वैशाख ३ गतेसम्म फेष्टिवल हुन लागेको जानकारी दिएको छ ।
महोत्सवको १६ औं संस्करणको आकर्षण जिल्लामा अवस्थित विभिन्न जातजाती, आमा समूह, भजन समूह लगायत अन्य संघ- झाँकी प्रर्दशन तथा प्रतियोगिता रहेको छ ।
सो फेष्टिवलमा राष्ट्रिय ख्याती प्राप्त कलाकार प्रकाश सपुत, रमेशराज भट्टराई, रुपा घर्तीमगर, अर्जुन सापकोटा लगायतकाे प्रस्तुती रहेकाे कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिनुभएकाे छ।
कोरोनाका कारण सुस्ताएको पर्यटन व्यवसायलाई गतिशिलता प्रदान गर्न र सम्पूर्ण पर्यटन व्यवसायीहरुमा नयाँ उमङ्ग र उत्साह थप्न महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास रहेकाे बताउदै स्थानिय, स्वदेशी तथा विदेशी खाना, कला सँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौराहालाई परिचित गराउनु नै महोत्सवको उद्देश्य रहेको उहाँले बताउनुभएको हाे।
तीन दिने फूड फेष्टिवल सम्मपन्न गर्नको लागि करिब ६० लाख खर्च लाग्ने महोत्सव मूल समितिको अनुमान छ ।
सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोडसम्म कारोबार हुने आकलन गरिएको छ ।
दैनिक १५ देखि २० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।
कार्यक्रम अवधी चैत ३० गते नयाँ वर्षको पूर्व सन्ध्यामा साँझ ५ः०० वजे देखि राति १२ः०० वजे सम्म, र २ गते साझ ५ः०० देखि राति १० वजेसम्म रहेको छ ।