नेपाल भूमिहीन सुकुम्बासी संगठनको केन्द्रीय सदस्यमा नवलपुरबाट २ जना सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेको आधारभुत जनवर्गीय सो संगठनको पहिलो अधिवेशनले २ जनालाइ सर्वसम्मत चयन गरेको हो ।
बर्दियाको गुलरियामा सम्पन्न अधिवेशनले नवलपुरबाट कृष्णप्रसाद सापकोटा र मोहदत्त अधिकारीलाई सदस्यमा सर्वसम्मत गरेको हो।
अधिवेशनले अध्यक्षमा एमाले पोलिटव्युरो सदस्य तथा संघीय सांसद शान्ता चौधरी, उपाध्यक्षमा भक्तबहादुर विक, गुन्जबहादुर खड्का,लिलाबहादुर मोक्तान चयन भएका छन् भने महासचिवमा इन्द्रबहादुर तामाङ सहित ६१ सदस्यको समिति बनेको छ।
अधिवेशनले संगठनको विधानका बारेमा पनि छलफल गरि केही हेरफेर गरेको छ भने ६१ जनाको कमिटीलाई बिस्तार गरेर १५१ जना पुर्याउने पनि बताएको छ।