• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

सुदूरपश्चिममा ३ लाख २७ हजार मतदाता थपिए


डोटी : सुदूरपश्चिम प्रदेशमा तीन लाख २७ हजार पाँच सय दुई मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता संख्या अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार एक सय ५० जनाको मतदाता नामावलीमा नाम समावेश भएको छ ।

 

२०७४ साल असार १४ गते भएको स्थानीय तह निर्वाचनमा यस प्रदेशमा १३ लाख चार हजार ६ सय ४८ मतदाता रहेका थिए । पाँच वर्षको अवधिमा प्रदेशमा २५ प्रतिशत मतदाता थपिएका छन् ।

निर्वाचन आयोगका अनुसार यस अवधिमा कैलालीमा सवैभन्दा बढी एक लाख २१ हजार आठ सय ४५ मतदाता थपिएका छन् ।

 

यस जिल्लामा गत निर्वाचनमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेकामा हाल पाँच लाख २६ हजार एक सय २५ पुगेका छन् । पाँच बर्षको अवधिमा कैलालीमा ३० प्रतिशतले मतदाता बृद्धि भएका छन् ।

सुदूरपश्चिम प्रदेशको अर्को तराईको जिल्ला कञ्चनपुरमा पाँच बर्षको अवधिमा २५ प्रतिशत मतदाता वृद्धि भएका छन् । गत निर्वाचनमा यस जिल्लामा दुई लाख ३५ हजार सात सय ३५ मतदाता रहेकामा हाल दुई लाख ९५ हजार तीन सय ५४ मतदाता पुगेका छन् ।

प्रदेशका सात पहाडी जिल्लाहरुमध्ये बाजुरा जिल्लामा सवैभन्दा बढी २७ प्रतिशतले मतदाता संख्यामा वृद्धि भएको छ । गएको स्थानीय तहको निर्वाचनमा यस जिल्लाको मतदाता संख्या ६४ हजार नौ सय ५० रहेकामा हाल ८२ हजार ६ सय ९० पुगेका छन् ।

बझाङ्ग जिल्लामा गत निर्वाचनभन्दा २४ हजार पाँच सय २६ अर्थात् २५ प्रतिशत मतदाता थपिएका छन् । गत निर्वाचनमा बझाङ्गमा कुल मतदाता संख्या ९७ हजार ६ सय ११ रहेकामा हाल एक लाख २२ हजार एक सय ३७ पुगेका छन् ।

पाँच बर्षको अवधिमा अछाम जिल्लामा २२.३४ प्रतिशत मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख २७ हजार सात सय ४२ मतदाता रहेकामा हाल एक लाख ५६ हजार दुई सय ८० पुगेका छन् ।

डोटीमा २२.३१ प्रतिशत मतदाता थपिएका छन् । यस जिल्लामा हाल एक लाख २३ हजार पाँच सय ५४ मतदाता पुगेका छन् । गत स्थानीय तहको निर्वाचनमा एक लाख एक हजार २१ मतदाता रहेका थिए ।

गत स्थानीय तहको निर्वाचन भन्दा दार्चुला जिल्लामा झण्डै २१ प्रतिशतले मतदाता संख्यामा बृद्धि भएको छ । यस जिल्लामा ०७४ को स्थानीय तहको निर्वाचनमा कुल ७३ हजार ५१ मतदाता रहेकामा हाल ८८ हजार दुई सय ८५ मतदाता रहेका छन् ।

डडेल्धुरामा यो अवधिका १४ हजार एक सय ४४ मतदाता बढेका छन् । यस जिल्लामा गत निर्वाचनमा ७५ हजार नौ सय ७५ रहेकामा हाल ९० हजार एक सय १९ पुगेका छन् ।

यस्तै बैतडीमा यो अवधिका २३ हजार तीन सय २३ मतदाता थपिएका निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ । यस जिल्लामा गत स्थानीय तह निर्वाचनमा एक लाख २५ हजार दुई सय ८३ मतदाता रहेकामा ०७९ साल बैशाख ३० गते हुने निर्वाचनका लागि एक लाख ४८ हजार ६ सय ६ मतदाता कायम भएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा यस प्रदेशमा कुल मतदाता संख्याको ७७.२१ प्रतिशत अर्थात् १० लाख सात हजार तीन सय ५६ जनाले मतदात गरेको निर्वाचन आयोगको “स्थानीय तहको निर्वाचन, २०७४ : एक झलक” नामक पुस्तिकामा उल्लेख छ ।

५० प्रतिशत भन्दा बढी मतदाता तराईमा

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये दुई तराईका जिल्ला छन् । अन्य सात जिल्ला पहाडी क्षेत्रमा रहेका छन् । तर मतदाता संख्याको हिसावले तराईका दुई जिल्लामा ५० प्रतिशतभन्दा बढी देखिएका छन् । कुल १६ लाख ३२ हजार एक सय ५० मतदातामध्ये आठ लाख, २० हजार चार सय ७९ मतदाता तराईका दुई जिल्लामा छन् ।

पाँच बर्षको अवधिका तराईका जिल्लाहरुको मतदाता संख्यामा झण्डै २९ प्रतिशतले बृद्धि भएको छ । पहाडि जिल्लाको मतदाता संख्यामा भने करीव २२ प्रतिशतले बृद्धि भएको छ ।

पुरुषभन्दा महिला मतदाता बढी

सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाता संख्या बढी रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशका कुल १६ लाख ३२ हजार एक सय ५० मतदातामध्ये आठ लाख ३१ हजार चार सय ७० महिला मतदाता रहेका छन् ।

यो संख्या कुल मतदाता संख्याको करीव ५१ प्रतिशत हो । पुरुष मतदाता संख्या आठ लाख ६ सय ८० रहेका छन् । यस हिसावले सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा ३० हजार सात सय ९० ले महिला मतदाता संख्या बढी छ ।

प्रदेशका नौ जिल्लामध्ये कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र कञ्चनपुर गरि ६ जिल्लामा पुरुषभन्दा महिला मतदाता संख्या धेरै छ । यस्तै, बाजुरा, दार्चुला र बझाङ्गमा महिला मतदाताभन्दा पुरुष मतदाताको संख्या बढी रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणले देखाउँछ ।

  • ३ लाख २७ हजार
  • मतदाता
  • सुदूरपश्चिममा
आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.