चितवन : भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेजले स्नातक तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । बिबिए र बिबिए–बिआई कार्यक्रम अन्तर्गत शैक्षिक सत्र सन् २०१६ ब्याचका विद्यार्थीहरुलाई शुक्रबार दिक्षीत गरिएको हो । कलेजका अनुसार, १ सय १० जना विद्यार्थी दिक्षीत भएका छन् ।
साथै कार्यक्रममा स्नातकको बिबिए–बीआई कार्यक्रमबाट ३.९९ जीपिए ल्याएर स्वर्ण पदक प्राप्त गर्ने पुष्पा चौधरीलाई सम्मान गरिएको छ । त्यस्तै डिन लिस्टमा पर्न सफल स्नातक तहका बिद्यार्थीहरुलाई पनि कदर गरिएको थियो ।
बोष्टन कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले अध्यक्षतामा भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष चुन नारायण क्षेष्ठ, कृषि तथा वनविज्ञान विश्वविद्यालयका पदाधिकारीहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।