• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

एक्सन स्टार निखिल उप्रेती पनि राजनीतिमा


काठमाडौं : स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टी फेरबदल हुनेहरुको लर्को नै लागेको छ । यसमा सबैभन्दा अग्रस्थानमा देखिएका छन् नाम चलेका कलाकारहरु । पार्टी प्रवेशको क्रमले तिब्रता पाएको छ । त्यसमा पनि कलाकारहरु पार्टी प्रवेश गर्ने क्रम बढेको छ ।

केही दिनअघि कलाकार एवम् अभिनेतृ करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । त्यसको केही दिनमा नै कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ र मनिष कोइराला राप्रपा प्रवेशको तयारीमा छन् ।

यस्तै चर्चित अभिनेता निखिल उप्रेती पनि राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ । यसअघि हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चामा रहेका उनी केही दिनमै राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ । हिन्दू राष्ट्र र एकीकृत नेपालको नारा राप्रपासँग मेल खाने र उदेश्य एउटै भएकोले यो मुद्धामा सहमत हुने सबै एकताबद्ध हुनुपर्ने निर्णयसहित उनी राप्रपा प्रवेशको तयारीमा रहेका हुन् ।

केही महिनाअघि मात्रै पत्रकार देवप्रकाश त्रिपाठी संयोजक रहेको यो मोर्चालाई अभिनेता निखिल उप्रेतीले घोषणापत्र पढेर सुनाएका थिए । यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको भनिएको थियो ।

मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत रहेका थिए । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउने प्रयास भएको थियो । तर कोइरालासमेत राप्रपामा जाने तयारी भएसँगै अभिनेता उप्रेतीसमेत राप्रपा प्रवेश गर्ने तयारी भएको हो ।

यस्तै अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो ।

उनले भने, ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश विरामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गर्दै भनेका छन्, ‘यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्रममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा विरामी र दोस्रो विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को विरामीमा लिन मिल्दैन । घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।

उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि बताएका छन् । अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो । अभिनेता उप्रेतीले हरेक नागरिकमा देशभक्त जाग्न जरुरी रहेको पनि बताएका छन् । देशप्रति जति प्रेम बढ्दै गयो त्यति देशको चोटले देशवासीलाई छुने भन्दै उप्रेतीले त्यसले देशमाथि घात गर्नेहरुलाई दुश्मनको रुपमा देख्न पाइने बताएका छन् ।

  • एक्सन स्टार
  • निखिल उप्रेती
  • राजनीतिमा
शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली
आहा ! ढोरपाटन
एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
युवा संघको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थेबे र पुरी भिड्दै

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.