काठमाडौं: प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब काँग्रेस गठबन्धनको विपक्षमा नजाने वताउनुभएको छ ।उहाले काँग्रेस नेता कार्यकर्ताहरु गठबन्धनको पक्षमा रहेकोमा दुइमत नरहेको वताउनुभयो ।
बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेकोले अब पाँचदलीय गठबन्धन अझै एकतावद्ध भएर अघि बढ्ने वताउनुभयो। ‘हाम्रो पार्टीले अहिलेको गठबन्धनलाई सँगसँगै लिएर जाने निर्णय गरेको छ, गठबन्धन झन् एकतावद्ध भएर अघि बढ्छ,’ उहाले भन्नुभयो, ‘यहाँ गठबन्धन के हुन्छ भन्ने पनि कुरा आयो, एकताबद्ध हुन्छ चिन्ता नलिनुस्।’
उहाले गठबन्धनमा समस्या देखिए मिलाएर जाने पनि वताउनुभएको थियो। ‘कुनै अप्ठ्याराहरू आए भने पनि मिलाएर जान्छौं,’ उहाले भन्नुभयो। आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरूसँगको एकतालाई थप बलियो बनाउने देउवाको भनाइ थियो। साथै देउवाले वैशाख ३० मा हुने स्थानीय चुनाव भयरहित वातावरणमा हुने वताउनुभयो।
उहाले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको पनि वताउनुभयो। सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रहसमेत गर्नुभयो।