काठमाडौं : काठमाडौंको चन्द्रानागिरीमा रहेको केबलकारमा आधा घण्टासम्म ६० जना मानिसहरू अड्किएर तनाबमा परेका छन् ।
मंगलबार दिउँसो करीव ३ बजे केबलकारमा चढेका ३० जना कारभित्रै तारमा अड्किएको थानकोट प्रहरीले जानकारी दिएको छ । मानिसहरू केबलकारको डिब्बाभित्र तारमा अड्किएपछि रुवाबासी समेत भएको थियो ।
केबलकारमा ६० जना मानिसहरू अड्किएपछि थानकोट प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डे आफै उद्धारमा खटिएका थिए ।
केलकारमा प्राविधिक गडबढी भएपछि केबलकार बिग्रिएर ६० मानिसहरू केबलकार झुण्डिएको थियो । प्रहरीले समयमा उद्धार गरेपछि ठूलो दुर्घटना हुन भने पाएन ।