• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

कोदालो प्रहार गरि आमाको निर्मम हत्या , छोरो पक्राउ

नुवाकोट : झमक्क रात परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । उनको घर नुवाकोटको ककनी गाउँपालिका –१, नयाँवस्ती हो ।

पर्खिँदा पनि आमा नआएपछि श्रीराम बलामी आत्तिए । उनी चरिमायाका छोरा हुन् । चरिमायाका कान्छा छोरा चाहिँ भीमबहादुर बलामी हुन् । उनी पनि घरमा देखिएनन् । रात छिप्पिँदै गयो । न घरमा आमा आउँछिन् न भीमबहादुर नै ।

अघिल्लो दिन २७ फागुनमा भीमबहादुरसँग श्रीरामको झगडा पनि परेको थियो । कुटाकुट हुँदा भीमबहादुरको अनुहारमा चोट लागेको थियो । २८ गते बिहानैदेखि उनी घरमा थिइन् । तर, साँझ गोठ गएकी आमा नआएपछि श्रीरामले प्रशान्त बलामीकहाँ पुगे र भने ‘यति राति भइसक्यो । आमा आउनुभएन र खोज्न जाऔँ ।’

कतै लडिइन् कि भनेर उनीहरू सिधै गोठतिर खोज्न गए । गोठ सिमेन्ट र इँटाले बनेको दुई तले छ । माथिल्लो तलामा एउटा खाट छ । श्रीराम र प्रशान्तले त्यही खाटमा सुतिरहेका देखे–भीमबहादुरलाई । जो श्रीरामसँगै अघिल्लो रात झगडापछि घरमा थिएनन् । र, श्रीरामले सोधे, ‘आमा देख्यो ?’

भीमबहादुरले जवाफ दिए, ‘मलाई थाहा छैन । मलाई मेरो घरको कोही पनि चाहिँदैन ।’ भीमबहादुरको जवाफले श्रीरामको मनमा चिसो पस्यो । झरे गोठको तल्लो तलामा । त्यहाँ अस्वाभाविक घाँस, पराल र पत्करको थुप्रो देखे । राम्ररी हेर्दा त खुट्टा पो देखे । पत्कर पन्छाएर हेर्दा आमा चरिमाया देखिइन्, मृत अवस्थामा । श्रीरामका अनुसार त्यसबेला आमाको टाउको, नाक र कानदेखि रगत बगिरहेको थियो ।

लगत्तै प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीमा खबर गरे । दुवै प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल आइपुगे । र, भीमबहादुरलाई नियन्त्रणमा लिए । शवको प्रकृति मुचुल्का तयार गरे । परीक्षण गर्न शव सदरमुकाम विदुर ल्याए । परीक्षण प्रतिवेदनले टाउकोमा गम्भीर चोट पर्दा मृत्यु हुन पुगेको उल्लेख गर्‍यो ।

अर्कोतिर, भीमबहादुरले घटनाको संलग्नता स्वीकारेका थिए । जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले प्रहरीले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार आइतबार जिल्ला अदालतमा उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरेको छ । वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उल्लेखित भीमबहादुरको बयानअनुसार २८ फागुनको राति ८÷९ बजेतिर आमा चरिमाया गोठमा गाई-भैंसीलाई घाँस काट्न आएको देखे ।

आमालाई भने, ‘मलाई भोक लाग्यो । २/३ दिन भइसक्यो खाना नखा’को । भीमबहादुर खाली झगडा गर्ने र कहिलेकाहीँ पैसा माग्दा नदिए कुटपिट पनि गर्ने हुनाले आमा चरिमायाले भनिन्, ‘खान मन लागे पकाएर खा, मन नलागे नखा, तँ मेरो घरमा बस्नुपर्दैन । घरबाट निस्केर जा ।’

यसपछि सम्झाइबुझाइ गर्दा झन गाली गरेको र झापड पनि हानेकीले कोदालो टिपेर टाउको र अनुहारमा हानेर आमा चरिमायालाई हत्या गरेको बयान भीमबहादुरको छ । प्रहरीका अनुसार अनुसन्धानको क्रममा भीमबहादुर जहिल्यै मातेर आमा चरिमायालाई पैसा माग्ने गरेको खुलेको छ । न्युज कारखाना

  • आमाको
  • कोदालो
  • छोरो पक्राउ
  • निर्मम हत्या
  • प्रहार गरि
सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.