×
शनिबार, असार ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ३. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ५. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ७. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ८. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ९. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • १०. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

लागुऔषध खोज्दै अदालत छिरेपछि एक अभियुक्त


पोखरा : बैदामस्थित कास्की जिल्ला अदालत ठीक अगाडि वडा प्रहरी कार्यालय छ । वडा प्रहरी कार्यालय गेटबाट निस्किए अदालत पुग्न सकिने अवस्था छ । त्यसमाथि अदालत चौबिसै घन्टा सुरक्षाकर्मीले घेरिएको हुन्छ ।

चारैतिर तारबारले ‘सुरक्षित’ बनाइएको त्यही जिल्ला अदालतमा मंगलबार राति एक युवक छिर्छन्, ढोका तोडफोड गरेर ६ नम्बर इजलासको दराजका सामानसमेत लथालिग बनाएर छाड्छन् । यसबारे न अदालतका सुरक्षाकर्मीले पत्तो पाउँछन् न त सामुने रहेको प्रहरी कार्यालयले नै।

 

बुधबार बिहान करिब ९ बजेको आसपासमा कार्यालय सफा गर्ने एकजना महिला कर्मचारीले अदालतको ढोका फोडिएको र सामान यत्रतत्र फिँजारिएको अदालतलाई जानकारी दिएपछि मात्रै यो कुरा बाहिर आउँछ । त्यसपछि मात्रै प्रहरीले घटनाको छानविन अगाडि बढाउँछ ।

अनुसन्धानपछि मात्रै खुल्छ, २ तलामाथि रहेको १ र ६ नम्बर इजलासको ढोका फोडेर ‘चोर’ले दराज उघारेको छ । तर, त्यहाँ राखिएका मिसिललगायतका कागजात हराएको वा होइन भन्ने पत्ता लगाउनै अदालतलाई हम्मेहम्मे पर्छ ।
लामो समय लगाएर कागजात नियालेपछि चोरी नभएको थाहा लाग्छ । उसो भने कसरी र किन अदालतको ढोका फोडियो त ?

 

कारण भने रोचक छ – कागजात र मिसिल होइन लागुऔषध खोज्न अदालतको ढोका फोडिएको रहेछ । तोडफोड भएको ६ नम्बर इजलास फाँटमा ३ सय ५३ मुद्दाहरु थिए ।

जिल्ला प्रहरी कास्कीले बुधबार आरोपित २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई पक्रेको छ । साधारण लेखपढमात्रै गरेका उनकै बयानका आधारमा प्रहरी लागुऔषध खोज्दै उनी त्यहाँसम्म गएको निष्कर्षमा पुगेको छ । पोखरा १५, टुटुंगाका परियारलाई प्रहरीले बिहीबार पत्रकारसम्मेलन गरेर सार्वजनिक गरेको छ ।

भएको के थियो ?

पक्राउ परेका परियार ०७३ सालदेखि लागुऔषधसँग सम्बन्धित मुद्दामा पटकपटक पक्राउ पर्दै आएका छन् । पछिल्लो पटक उनी फागुन २३ गतेमात्रै वडा प्रहरी कार्यालय बैदामबाट थुनामुक्त भएका थिए । त्यसअघि उनी ८ पटक लागुऔषध, अभद्र व्यवहारलगायतका मुद्दामा पक्राउ परिसकेका थिए ।

पटक पटक बैदाम प्रहरी र जिल्ला अदालत धाउने क्रममा परियारले अदालत परिसरमा लागुऔषध ‘डिस्पोज’ गर्ने ठाउँ राम्रोसँग नियाल्दै आएका थिए । अदालतमा लागुऔषध कसरी लगिन्छ, कहाँ राखिन्छ, कहाँ कसरी डिस्पोज गरिन्छ सबै नजिकबाट अध्ययन गरेका थिए ।

अदालतको दक्षिणी भागमा लागुऔषध नष्ट गर्ने काम गरिन्छ । मंगलबार राति पनि अदालतको पछाडिपट्टि लागु औषध नष्ट गरिने ठाउँमा उनी पुगे । उनले त्यहाँ लागुऔषध नष्ट गर्ने क्रममा केही न केही छुटेको हुन सक्ने अनुमान गरेका थिए ।
‘त्यहाँ मैंले ३ वटा लागुऔषध भेट्टाएँ । त्यसपछि भित्र पनि पाइन्छ कि भनेर छिरेको हुँ,’ बयानका क्रममा परियारले भनेका छन् ।

अदालतको ढोका र सिसा फोड्न उनले फलामे छड प्रयोग गरेका थिए । १ सय १० इन्च लामो छड घटनास्थलमै भेटिएको थियो । ‘भर्‍याङ नजिकै भुइँमा गाडिएको अवस्थामा फलामको छड रहेछ । त्यसैलाई उप्काएर उनले ढोका फोड्न प्रयोग गरेको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्की एसपी प्रमुख रमेश थापाले भने ।

परियारले बयानका क्रममा आफूलाई लेखपढ् गर्न नआउने भन्दै पैसा र लागुऔषध चोर्ने अभिप्रायले मात्रै अदालत छिरेको बयान दिएका छन् । ‘हामी अदालतसम्म निरन्तर सम्पर्कमै छौं । कागजपत्र हराएको जानकारी छैन,’ एसपी थापाले भने, ‘अहिलेसम्मको हाम्रो अनुसन्धान र प्रमाणले उनी विशुद्ध पैसा र लागुऔषध खोज्ने नियतले नै त्यहाँ पुगेको देखाउँछ ।’

आरोपित परियारलाई प्रहरीले जिल्ला अदालतमा अनाधिकृत प्रवेश तथा अपराधिक उपद्रवसम्बन्धी र नकबजनी चोरी उद्योगमा अनुसन्धान अघि बढाएको छ । ‘अदालतमा प्रवेश गरेर चोरी गरेको नपाइए पनि सोही उद्योग आकर्षित हुने भएकाले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएका हौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने ।

पटक पटक पक्राउ र मुद्दा

परियार यसपघि पहिलो पटक ६ जेठ ०७६ मा जिल्ला प्रहरी कार्यालयबाट अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । त्यसपछि सोही वर्षकै १५ भदौमा वडा प्रहरी रामबजारमा अभद्र व्यवहार मुद्दामा, ३० असोजमा जिल्ला प्रहरी कार्यालयबाट चोरी मुद्दाम सजाय भोगिसकेका छन् ।

२१ कात्तिक ०७४ मा जिल्ला प्रहरी कार्यालयबाटै लागुऔषध मुद्दा, १७ फागुनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अभद्र व्यवहार मुद्दा, २५ असार ०७५ मा कास्की प्रहरीबाटै पुनः लागुऔषध मुद्दा खेपिसकेका प्रहरी तथ्यांक छ ।

त्यस्तै, २ पुस ०७६ मा वैदाम वडा प्रही कार्यालयमा अभद्र व्यवहार, १ चैतमा पुनः बैदामबाटै लागुऔषध कसुरमा पक्राउ परेर २ वर्षपछि २१ फागुनमा थुनामुक्त भएका थिए । ‘हेर्दा यस्तो बच्चा कुलतमा फसेकोमात्रै देखिन्छ । तर, उसको बसाइँ घरमा र कस्टडीमा बराबर देखिन्छ,’ डीएसपी तिवारीले भने ।

अदालतमै कमजोर सुरक्षा !

प्रहरी कार्यालय नजिकै रहेको जिल्ला अदालतमा सुइँको समेत नदिएर लागुऔषध दुर्व्सनीले सहज रुपमा तोडफोड गरेपछि अहिले यो विषय चर्चामा छ । नजिकै जिल्ला प्रशासन कार्यालय र चौबिसै घन्टा सुरक्षा घेराउमा रहने अदालतमा चोरी प्रयास भएपछि जिल्ला अदालत कास्कीको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने देखाउँछ ।

सुरक्षा कार्यालय नजिकै रहेको अदालतमा तोडफोडसहित चोरी प्रयास हुनुले सुरक्षा व्यवस्था कमजोर रहेको जिल्ला प्रहरी कार्यालय कास्की स्वीकार्छ । यस विषयमा आफूहरुले पनि अदालतलाई पटकपटक जानकारी गराइसकेको एसपी रमेश थापाले जानकारी दिए ।

‘यो गम्भीर विषय हो । त्यहाँ हामीले सुरक्षा व्यवस्था पनि खटाएका छौं । तर, वरिवरि जुन तारबार घेरिएको फेज छ, त्यहाँ जताबाट पनि छिर्न सक्ने अवस्था रहेछ । स्थलगत नै हे¥यौं,’ एसपी थापाले भने, ‘यस विषयमा सुधार गर्न विगतमा पनि निवेदन गरेका थियौं । अहिले पनि भनेका छौं । अब यस्ता घटना हुन नदिन हाम्रो प्रयत्न रहन्छ ।’

onlinekhabar

  • अदालत
  • एक अभियुक्त
  • खोज्दै
  • लागुऔषध
बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै
मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

भर्खरै

  • १.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • २.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ३.
    टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

  • ४.
    मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६.
    देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

  • ७.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ८.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.