रुस–युक्रेन यु’द्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार पछिल्लो
एकसाता यता ब्रेन्ट कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।२३ फागुनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलर पुगेको थियो । ट्रेन्डिङ इकोनोमीकाअनुसार यो मूल्य १४ वर्षयताकै उच्च थियो ।
त्यसयता निरन्तर जसो कच्चा तेलको मूल्य ओरोलो लोगेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.१३ डलर रहेको छ ।
२३ फागुनको तुलनामा बिहीबार कच्चा तेलको प्रतिब्यारेल मूल्य ३०.८७ डलरले घटेको हो ।युक्रेनमा रुसले युद्ध घोषणा गरेपछि कच्चा तेलको मूल्य बढ्न सुरु भएको थियो ।
यु’द्ध घोषणा भएको दिन (२५ फेब्रुअरी) प्रतिब्यारेल ९५ डलर थियो । बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ९४.६७ डलर कायम भएको थियो । जुन मूल्य २८ फेब्रुअरी (१६ फागुन ) मा कायम भएको मूल्यको हाराहारी हो ।
सरसर्ती बुझ्दा १३०$ प्रती ब्यारेल मूल्य हुदा पेट्रोल १५० नेपाल मूल्य छ भने अहिले प्रती ब्यारेल ९५ $ हुँदा पेट्रोलको मूल्य त्यही हाराहारी १०० रुपैया लिटर हुने हिसाब देखिन्छ ।