• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

नेपालमा पहिलो पटक युरियाको झोल मल प्रयोगमा अनुमति , दाना युरिया मल भन्दा बढी प्रभावकारी हुने

काठमाडौं : सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ ।

रासायनिक मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने गरी नानो युरिया झोल मल प्रयोगका लागि अनुमति दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बताए ।

‘दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने यस्तो मल अब सरकारी तथा निजी कम्पनीले आयात गरेर बिक्री गर्न पाउने गरी अनुमति दिइएको छ,’ मन्त्री यादवले भने, ‘मल अभाव झेलिरहेका किसानका लागि यो मल निकै प्रभावकारी छ ।’

झोलमा उपलब्ध हुने यस्तो मल कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको मन्त्री यादवले बताए । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो पाइएको छ । यस्तै उत्पादनका हिसाबले पनि झोल बढी प्रभावकारी देखिएको मन्त्रालयको दाबी छ ।

नार्कले गरेको परीक्षणमा झोल मल प्रयोग गर्दा दाना मल प्रयोग गर्दा भन्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ । बिरुवा बढेपछि सानो क्षेत्रमा पम्प वा स्प्रेबाट र ठूलो क्षेत्रमा ड्रोनबाटसमेत यस्तो मल छर्न सकिने मन्त्रालयले जनाएको छ ।

एक बोरा दाना युरिया बराबर हुने आधा लिटरको झोल मल एक बट्टालाई २५० भारतीय रुपैयाँ पर्ने भएकाले झोल मल सस्तो र समयको हिसाबले किफायती पनि रहेको मन्त्रालयको भनाइ छ । एक बोरा दाना युरिया मललाई अहिले ७५० रुपैयाँ पर्छ ।

भारतमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका थिए । तर कानुन अभावमा सरकारले अनुमति दिएको थिएन ।

नेपालमा गोप्य रुपमा केही मात्रामा यस्तो मल चिया किसानहरुले ल्याउने गरेको जानकारी पाइएको तर अभिलेख भने नरहेको मन्त्रालयले जनाएको छ ।

युरियाको झोल मल ल्याउने अनुमति पाएसँगै नेपालमा आयात अनुमति पाउने रासायनिक मलको संख्या ५३ पुगेको छ । यस्तो अनुमति सम्बन्धी कानुन राजपत्रमा प्रकाशनका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।

  • अनुमति
  • झोल
  • दाना
  • नेपालमा
  • पटक
  • पहिलो
  • प्रभावकारी
  • प्रयोग
  • बढी
  • भन्दा
  • मल
  • युरिया
  • हुने
सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.